Constitution (Nepali)

Updated: Jan 28, 2021
प्रस्तावना हामीले नेपालको सुदुर पूर्वी भाग लिम्बुवानमा जन्मेर हुर्केर तथा हाम्रो आफ्नो पूख्र्यौलि जन्मभूमि लिम्बुवानलाई स्वेच्छाले होस या त बाध्यताले छाडेर आज हामी विश्वको विभिन्न देशहरुमा पलायन भएर बसिरहेको कुरा हामीमा सर्ब बिदितैछ । यसो भएतापनि हामी लिम्बुवानी नै हौं, हाम्रो जन्मभूमी लिम्बुवान हो र लिम्बुवानले नै हामीलाई उत्पादन गरेको हो भन्ने कुरा हृदयंगम गरी लिम्बुवानलाई बिर्सन हुन्न भन्ने भावनात्मक सन्देश प्रसारीत गर्न, लिम्बुवान राज्य भित्र र बाहिर जुन सुकै ठाँउ बसोवास गरेको भएतापनि हामी यूकेबासी लिम्बुवानी समुदायलाई हरेक क्षेत्रमा सक्षम, सबल र आत्मनिर्भर बनाउन, श्रृजनशील कृयाकलापमा सकृय गराउन र मानव अधिकारको विश्वव्यापी घोषणा पत्र अनुसार व्यक्तिगत स्वतन्त्रताको सुरक्षा गर्न, २४० वर्ष लामो सामन्ति केन्द्रिएतात्मक शासन व्यवस्था पछि अब नेपाल पनि संघियतामा जाने भएकोले ११ वर्षे जनयुद्ध पछिको ०६२/०६३ को १९ दिने महान जनआन्दोलन २ मार्फत जनताले व्यक्त गरेको जनभावना अनुरुप राष्ट्रिय अखण्डताको रक्षा गर्दै बहुभाषिक, बहुजातिय र बहुसांस्कृतिक चरित्र भएको संघात्मक गणतान्त्रिक लोकतान्त्रिक राज्य ब्यवस्थाको निर्माणमा योगदान पु¥याउन, नेपाली जनताको र लिम्बुवानी जनताको भाषिक, धार्मिक, सामाजिक, आर्थिक, सांस्कृतिक र राजनैतिक हक अधिकार प्राप्त गर्ने उद्देश्य अनुरुप, यँहा बेलायतमा बसोबास गर्ने सम्पूर्ण लिम्बुवानी नागरिकहरुको लागि एउटा संस्था खडा गर्न वान्छनिय भएकोले यो लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके नामको संस्था ८ सेप्टेम्बर २००९ को दिन गठन गरी यो बिधान २०६६÷२०१० बनाई पारीत गरी लागु गरिएको छ । सन् २०१० मार्च ४ गते आइतबार ।
संसोधन
यस लिम्बुवान स्वायत्त नागरिक एकता समाज युःके को पहिलो महाधीवेसनले पारीत गरेको संस्थाको विधान २०१० लाई यसै संस्थाको दोस्रो महाधीवेसन मार्फत आवश्यक बुंदाहरुमा संसोधन गरी लागु गरीएको छ । १. अनावश्यक शब्दहरु जस्तै क्षेत्रीय÷शाखालाई क्षेत्रीय काटी संसोधन गरिएको छ । २. बिधानमा भएको परिच्छेदलाई थप नगरि विभिन्न बुंदा, दफाहरु जस्तै १४ क, १९ क, १९ ख खोली अंकमा उपदफाहरु राखेर आवश्यक बुंदाहरु थप गरिएका छन् । ३. दफा २, ४, १४, १६, १८, र १९ को उपदफाहरुलाई थप–घट गरी संसोधन गरिएको छ ।
परिच्छेद–एक प्राारम्भिक
१. संक्षिप्त नाम र प्रारम्भ १. यो संस्थाको नाम “लिम्बुवान नागरिक समाज यूके” रहनेछ । अंग्रेजिमा : Limbuwan Civil Society UK हुनेछ । संक्षिप्तमा : LCS UK वा “नागरिक समाज यूके” हुनेछ । २. यो बिधान यसै बिधान सभाले पारीत गरेको मिति देखि तुरुन्त लागु हुनेछ । ३. यो बिधान सम्बन्धित संस्था भित्र मात्र लागु हुनेछ । २. परिभाषा ः बिषय वा प्रसंगले अर्को अर्थ नलागेमा यस बिधानमा ः १. “बिधान” भन्नाले लिम्बुवान नागरिक समाज यूकेको बिधान २०६६÷२०१० लाई सम्झनु पर्नेछ । २. “संस्था” भन्नाले लिम्बुवान नागरिक समाज यूकेलाई सम्झनु पर्नेछ । ३. “नियम” भन्नाले बिधान अन्र्तगत कार्य समितिले बनाएको नियमलाई सम्झनु पर्नेछ । ४. “संस्थापक सदस्य” भन्नाले यो संस्थाको स्थापनाकालमा कार्य समितिमा रही काम गर्ने सदस्यलाई सम्झनु पर्ने छ । ५. “कार्य समिति” भन्नाले यस संस्थाको कार्य सञ्चालन गर्नको लागि यो बिधान बमोजिम गठन भएको समितिलाई जनाउनेछ । ६. “सदस्य” भन्नाले यस बिधान बमोजिम निर्वाचित सदस्य, कृयाशिल सदस्य र साधारण सदस्यलाई समेत बुझ्नु पर्नेछ । ७. “लिम्बुवान” भन्नाले संखुवा–अरुण कोशी पूर्व, मेची नदी पश्चिम, भारतको उत्तर, चीनको दक्षिण, यति चार किल्ला भित्रको सत्र थुम वा वर्तमानका नौ जिल्लाहरुको भु–भागलाई सम्झनु पर्नेछ । ८. “नागरिक” वा “लिम्बुवानी” भन्नाले लिम्बुवानमा बसोबास गरेको वा भएका सम्पूर्ण जातजाति लिङ्ग र वर्ण समेतलाई सम्झनु पर्नेछ । ९. “समाज” भन्नाले बेलायतमा बसोबास गर्ने लिम्बुवानबासीहरुको समुहलाई सम्झनु पर्नेछ । १०. “महाधिबेशन” भन्नाले बिधानको दफा १० बमोजिम भेला भएको समुहलाई सम्झनु पर्नेछ । ११. “परिषद” भन्नाले बिधानको दफा १२ अनुसार भेला भएको समुहलाई सम्झनु पर्नेछ । १२ “साधारण सभा” भन्नाले बिधानको दफा १४ बमोजिम भएको भेलालाई सम्झनु पर्नेछ । १३. “पदाधिकारी”भन्नाले अध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष, सहकोषाध्यक्ष र सन्चार प्रमूखको पदलाई मात्र सम्झनु पर्नेछ । १४. “शाखा समिति” भन्नाले यो बिधान को दफा १८ बमोजिम गठन भएको कार्य समितिलाई सम्झनु पर्नेछ । १५. क्षेत्रिय प्रतिनिधि भन्नाले शाखा समिति गठन भै नसकेका ठाउँहरुमा यो संस्थाको लागि प्रतिनिधि गर्ने सदस्यलाई बुझ्नु पर्दछ ।
परिच्छेद–दुई उद्देश्य
३. लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेले बेलायत सरकारको ऐन नीति नियम निर्देशन भित्र रहि निम्न अनुसारको कामहरु गर्नेछ ः १. यूकेको विभिन्न ठाउँमा बसोबास गरिहेका लम्बुवानीहरु बीच एक आपसमा आत्मियता र भ्रातृत्व कायम गर्न निरन्तर भेटघाट र सम्पर्क गर्ने । २. जातिय, वर्गिय, लिङ्गीय तथा सबैखाले सामाजिक बिभेदको अन्त्य गर्दै शोषणरहीत बहुलबादी र समतामूलक समाजको निर्माण गर्ने । ३. समाजमा सामाजिक तथा चेतनामूलक कार्यक्रमहरुको अभिबृद्धि गर्दै समाजलाई कृयाशिल बनाउने । ४. लिम्बुवानका सबै जातजाति बीच सुमधुर सम्बन्धको विकास गर्दै साझा लिम्बुवानी भावनाको विकास गर्ने । ५. समाजभित्र विभिन्न क्षेत्रमा उत्कृष्टता कायम गर्ने वा महत्वपूर्ण योगदान पु¥याउने ब्यक्तिलाई उचित प्रोत्सााहन दिने नीति अवलम्बन गरिनेछ । ६. यस समाजबाट विभिन्न सामाजिक तथा परोपकारी कर्याहरु सन्चालन गर्न सजिलोको लागि क्षेत्रिय÷शाखा समितिहरु खोलिने छ । ४. नीति ः यो संस्थाको नीति तथा सिद्धान्त निम्नानुसारको हुनेछ ः १. यो संस्था कुनै राजनैतिक पार्टी वा दलहरुको भातृ संगठन हुनेछैन । २. यो संस्था सम्पूर्ण लिम्बुवान बासीहरुको अभिभावकको रुपमा रहनेछ । ३. यो संस्थाले लिम्बुवानमा फुट भैबसेका विभिन्न लिम्बुवानजन्य पार्टी संघसंस्थाहरुलाई लिम्बुवानको हकहितको लागि एक हुन सल्लाह सुझावहरु दिनेछ । ४. दफा ४ उपदफा ३ बमोजिम हुन नसकेमा लिम्बुवानका न्युनतम साझा समस्यालाई अगाडि सार्दै लिम्बुवान प्रप्तिको लागि सबै पार्टी र संघसंस्थाहरु कम्तिमा पनि मोर्चाबन्दी गरेर भएपनि अगाडी बढ्न सबै साधन र श्रोतहरु लगाएर दवाब दिइनेछ । ५. यो संस्थाले नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यब्यवस्था स्थापना गर्न सहयोग गर्दै स्वायत्त लिम्बुवान राज्य स्थापना गर्नको लागि लिम्बुवानलाई नागरिक हैसियतले गर्नु पर्ने कार्य र दिनु पर्ने सहयोग दिने काम गर्नेछ । ६. यो संस्थाले लिम्बवानको अहितमा वा विरुद्ध मा उत्रने कोहीसँग सतर्कता अपनाउनेछ । ७. यो संस्थाले यो बिधानको दफा २ उपदफा ७ बमोजिम ऐतिहासिक चार किल्ला भित्रको भु–भागहरुलाई लिम्बुवान भनि मान्यता गर्दछ । ८. यो संस्था पार्टी, पद, तलब, भत्ता बाट मुक्त रही लिम्बुवान बासिको हक हित को लागि शुद्ध काम कार्यहरु गर्ने गराउने छ । ९. देश भित्र र बहिर जुनसुकै ठाउँमा भएका, रहेका नागरिकसमाज र यससँग सम्बन्धित संघसंस्थाहरुसँग आफ्नो अभियान तथा उद्देश्य प्राप्तीको लागि समन्वय राखे खोलिनछ । १०. संस्थाको निती तथा उद्देश्य प्राप्तिको लागि एक केन्द्र सहित लिम्बुवानको ९ बटै जिल्लाहरुमा शाखा तथा इकाइहरु खोलिनेछ । ११. यस संस्थाको केन्द्रिय कार्य समिति यूके आयोजक र केन्द्रिय कार्य समिति लिम्बुवान संयोजक रहनेछ । १२. संस्थाको आवश्यकता बमोजिम लिम्बुवान बासिहरु बसोबास भएको बिभिन्न देशहरुमा नागरिक समाज सम्पर्क समिति खुलिनेछ ।
परिच्छेद– तीन सदस्यता सम्बन्धि ब्यवस्था
५. संस्थाको सदस्य हुनको लागि आवश्यक योग्यता ः १. लिम्बुवान क्षेत्र भित्र आफ्नो पूर्खा वा आफै स्थाइ बसोबास भएको हुनुपर्नेछ । २. १८ बर्ष उमेर पुगेको तर सामाजिक , नैतिक, कुनै संगिन अपराधको अभयोगमा दोषी प्रमाणीत नभएको ३. यो समाजको विधानलाई पूर्णरुपमा पालना गर्नुपर्ने । ६. सदस्यता शुल्क ः १. लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको सदस्यता प्राप्त गर्न संस्थापक सदस्य र आजीवन सदस्य बाहेक अन्य लिम्बुवानीहरुले १० (अक्षेरेपी दश पौंड) तिरी सदस्य पत्र लिएमा निजहरु यस संस्थाको साधारण सदस्य हुनेछन् । २. यो शुल्क शुरुमा सदस्यता लिंदा एकपटक मात्र लाग्नेछ । ३. संस्थापक सदस्यहरुले संस्थाको स्थापना कालमा एकमुष्ट ५० (अक्षरेपी पचास पौंड) र आजीवन सदस्यहरुले एकमुष्ट १०० (अक्षरेपी एक सय पौंड) बुझाउनु पर्नेछ । त्यसभन्दा बढी रकम दिएमा बिशेष सम्मान गरिनेछ । ४. संस्थाको आवस्यक मसलन्द खर्च जुटाउन संस्थाको क्षेत्र÷शाखाहरुले आवस्यकता अनुसार लेभी उठाउन सक्नेछन् । ५. केन्द्रिय परिषदका सदस्यहरुले बार्षिक १० (अक्षरेपी दश पौंड)का दरले बिशेष शुल्क बुझाउनु पर्नेछ । ६. साधारण सदस्यहरुबाट सदस्यता शुल्क बावत संकलित रकमको ५० प्रतिशत रकम शाखा÷क्षेत्रिय समितिहरुले केन्द्रिय समितिलाई अनिवार्य बुझाउनु पर्नेछ । ७. लिम्बुवानलाई सहयोग दिनु परेमा वा यो समाजभित्र कुनै चेतनामूलक कार्यक्रमहरु गर्नु परेमा बिशेष रकम संकलन गरिनेछ । सो रकम भने १०० प्रतिशत चन्दादाताको नामावली सहित शाखा÷क्षेत्रिय समितिहरुले केन्द्रियसमितिलाई तोकिएको समयभित्र बुझाउनु पर्ने ८. मानार्थ सदस्यको हकमा सदस्यता शुल्क नभै ऐच्छिक हुनेछ । ९. सदस्यता शुल्कबाट प्राप्त भएको रकम संस्थाको कोषमा जम्मा गर्नु पर्नेछ । १०. यस संस्थाको संस्थापक सदस्यहरु रआजीवन सदस्यहरु यो विधानको अनुसूची २ मा उल्लेख भए बमोजिम हुनेछन् । ७. संरक्षक सदस्य ः १. यो संस्थाको केन्द्रिय समितिको सिफारिसले कुनै पनि लिम्बुवानलाई संस्थाको संरक्षक सदस्यमा सिफारिस गरेमा निजलाई संरक्षक सदस्यता दिइनेछ । २. यो संस्थाप्रति निष्ठावान भै सदस्य बन्न इच्छुक कुनैपनि लिम्बुवानीले ५०० (अक्षरेपी पाँच सय पौंड) तिरी संस्थाको संरक्षक सदस्यता लिन चाहेमा निजलाई संस्थाको संरक्षक सदस्यता दिइनेछ । ८. मानार्थ सदस्य ः १. लिम्बुवानी बाहेक अन्य कुनै पनि जातजाति वा संस्थाले यस संस्थालाई उल्लेखनीय आर्थिक, सामाजिक, शैक्षिक वा कार्य समितिलाई चित्त बुझ्दो अन्य सहयोग गरेको खण्डमा त्यस्ता व्यक्ति वा संस्थालाई मानार्थ सदस्यता दिन सकिनेछ । ९. सदस्यको अयोग्यता वा समाप्ति १. मृत्यु भएमा २. राजिनाम दिई स्ववीकृत भएमा । ३. मानसिक सन्तुलनगुमाएको प्रमाण्ति भएमा । ४. आफ्नो जिम्मेवारी पालना नगरेमा । ५. भ्रष्टाचार गरेको प्रमाणीत भएमा । ६. आचार संहिता उल्घन गरेको प्रमाणित भै कार्बाहिमा परेमा । ७.यो संस्थाको सदस्यको मध्ये (२÷३) दुई तिहाई सदस्यहरुको बहुमतले निजले गरेको काम बिधान बिपरित छ भन्ने ठहर गरेमा । ८. माथि उपदफा ४, ५, र ६ बमोजिम कार्बाही भएको अवस्थामा आफ्नो सफाई पेस गर्ने मनासिव मौकाबाट बन्चित गरिने छैन ।
परिच्छेद–चार
अधिवेशन, परिषद् र साधारण सभा १०. केन्द्रिय महाधिबेशन ः १. लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको केन्द्रिय महाधिबेशनमा देहाय अनुसारको पदाधिकारी तथा सदस्यहरु रहनेछन् ः क) केन्द्रिय कार्य समितिका पदाधिकारी तथा सदस्यहरु । ख) केन्द्रिय परिषदका सदस्यहरु । ग) सल्लाहकार समितिका सदस्यहरु । घ) प्रत्येक क्षेत्रिय÷शाखा कार्य समितिका सबै पदाधिकारीहरु । ङ) संस्थाका संस्थापक तथा आजीबन सदस्यता । २. महाधिबेशन यस संस्थाको सर्बोच्च निकाय हुनेछ । ३. महाधिबेशन सामान्यतया ३÷३ वर्षमा कार्य समितिले तोकेको मिति र स्थानमा हुनेछ । ४. महाधिबेशन बस्नु भन्दा ३० दिन अगाबै सम्पूर्ण सदस्यहरुलाई सुचना दिनुपर्नेछ । ११. महाधिबेशनको काम कर्तब्य र अधिकार ः १. संस्थाको बिधान अनुमोदन तथा आवशयकता अनुसार संशोधन गर्ने । २. संस्थाको केन्द्रिय कार्य समितिको चयन गर्ने ३. संस्थाको केन्द्रिय कार्य समितिले गरेको कार्यहरुको अनुमोदन गर्ने । ४. संस्थाको केन्द्रिय कार्य समितिद्धारा नियुक्त लेखापरीक्षकले दिएको प्रतिवेदनलाई अनुमोदन गर्ने । ५. संस्थाको कार्यनीति रणनीति तयार गर्ने । ६. संस्थाको हित विपरीत काम गर्नेपदाधिकारी तथा सदस्यहरुलाई कार्बाहि गर्ने । ७. संस्थाको केन्द्रिय तथा क्षेत्रिय÷शाखा कार्य समितिहरुलााई आवश्यक निर्देशन दिने । ८. लिम्बुसवान भित्र कुनै पनि सामाजिक, जातिय बिसंगति समप्त गर्न स्पष्ट दिशानिर्देशन गर्ने । १२. केन्द्रिय परिषद ः १. लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेको एउटा केन्द्रिय परिषद रहनेछ । २. केन्द्रिय परिषदमा देखाए अनुसारको पदाधिकारी तथा सदस्यहरु रहनेछन्ः क.केन्द्रिय कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु । ख. सल्लाहाकार समितिका सदस्यहरु । ग. प्रत्येक शाखा कार्य समितिका पदाधिकारीहरु । घ. संस्थाका सस्थापक तथा आजिवन सदस्यहरु । ३. केन्द्रिय परिषद समितिको बैठक आवश्यकता अनुसार केन्द्रिय कार्य समितिले तोकिएको समय र स्थानमा बस्नेछ । १३. केन्द्रिय परिषदको काम कर्तव्य र अधिकार ः १. तत्काल केन्द्रिय महाधिबेशन बस्न सक्ने अवस्था नभएको तर लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूकेसंग सम्बन्धित विषयमा गम्भिर छलफल गर्नुपर्ने भएमा सो सम्बन्धमा छलफल गरि केन्द्रिय कार्य समितिलाई सुझाव दिने । २. लिम्बुवान कुनै दैबी प्रकोप, राजनैतिक संकट र सामाजिक कुरीतिहरुलाई समाधान तथा समाप्त गर्न आवश्यक नीति रणनीति तय गर्ने । ३. केन्द्रिय कार्य समितिलाई निर्णय गर्न अप्ठ्यारो परेको अवस्थामा निर्णायक सुझाव दिने । ४. वर्षमा एक पटक केन्द्रिय कार्य समितिले तोकेको स्थानमा परिषदको बैठक बस्ने । १४. साधारण सभा ः १. लिम्बुवानहरु बसोबास गरेको क्षेत्र वा ठाउँमा यस विधानको परिच्छेद–३ दफा ६–१ बमोजिम साधारण सदस्यता लिएको लिम्बुवानीहरुको साधारण सभा रहनेछ । २. साधारण सभा वर्षमा १ पटक केन्द्रिय कार्य समितिले तोकेको स्थान र समयमा बस्नेछ । ३. यस संस्थाको शाखा खोलिएको ठाउँहरुमा भने शाखा समितिले तोकेको स्थान र मितिमा वर्षमा एक पटक साधारण सभा बस्नेछ । दफा १४ क– साधारण सभाको काम १. वार्षिक कार्यक्रमको समिक्षा गर्ने २. वार्षिक आर्थिक प्रतिवेदन पेस गर्ने ३. नयाँ सदस्यको चयन गर्ने ४. नयाँ कार्य निती तय गर्ने
परिच्छेद – पाँच
१५. सल्लाहकार समिति १. समितिहरु, आर्थिक, राजनैतिक, विज्ञान, कला तथा साहित्य जस्तो समाजको विविध क्षेत्रमा विशिष्ट योगदान पु¥याउने लिम्बुवानीहरु मध्येबाट कार्य समितिले तोकेको संख्यामा सल्लाहकार समिति गठन गर्न सक्नेछ । २. सल्लाहकार समितिले यो विधानको उद्देश्य प्राप्तिको लागि कार्य समितिलाई आवश्यक सल्लाह र सुझाव दिनेछ । ३. सल्लाहकार समिति यो संस्थाको एउटा अभिन्न अङ्गको रुपमा रहनेछ । १६. केन्द्रिय कार्य समितिको गठन ः १. केन्द्रिय कार्य समितिमा देहाय अनुसारका पदाधिकारी तथा सदस्यहरु रहनेछन् ः क) अध्यक्ष – १ ख) उपाध्यक्ष – १ ग) महासचिव – १ घ) सचिव – १ ङ) कोषाध्यक्ष – १ च) सहकोषाध्यक्ष – १ छ) संचार प्रमुख – १ ज) सदस्य अधिकतम ३० सम्म झ) संगठन प्रमुख – १ सहायक – १ ञ) जन सम्पर्क – १ सहायक – १ २. कार्य समितिको पदावधी सामान्यतया ३ वर्षको हुनेछ । ३. कार्य समितिको गठन सर्वसम्मति वा बहुमतको आधारमा हुनेछ । ४. कार्य समितिको कुनै पदाधिकारी तथा सदस्यहरुको पद कुनै कारणले रिक्त भएमा सो पद पूर्तिको लागि कार्य समितिको बैठकको निर्णयले पद पूर्ति गर्नेछ । ५. कार्य समितिको सदस्यको लागि इच्छुक उम्मेद्वारले महाधिवेशन प्रतिनिधि मध्ये १ जना प्रस्तावक र १ जना समर्थक राखि उम्मेद्वारीको निबेदन दिनु पर्नेछ । ६. कार्य समितिको कुनै पदाधिकारी वा सदस्य पदको लागि महाधिवेदशनको एउटा ३–५ सदस्यीय निर्वाचन मण्डलले निर्वाचन प्रकृया पूरा गरी निर्वाचन गर्नेछ । ७. निर्वाचन गर्दा बहुमत प्राप्त गर्ने उम्मेद्वार कार्य समितिमा निर्वाचित हुनेछ । ८. कार्य समितिको बैठक सामान्यतया ६÷६ महिनामा बस्नेछ । तर यस सामाज भित्र र लिम्बुवानमा कुनै किसिमको आपत्काल भएको महसुस भएमा समस्या निराकरण गर्न जुनसुकै बेला पनि बैठक बस्न सक्नेछ । ९. कार्य समितिको बैठकको गणपूरक संख्या उपस्थित संख्याको ५१% लाई मानिनेछ । १०. कार्य समितिको ३ जना उपाध्यक्षहरुको हकमा दफा १७–२ बाहेक अध्यक्षको निर्देशनमा विभिन्न कार्य क्षेत्रहरु हेर्न जिम्मा दिइनेछ । ११. कार्य समितिको पदाधिकारी वा सदस्यहरुको हकमा वर्ण, लिङ्ग र जातजाति सबैलाई समाबेस गरीनेछ, संख्याको आधारले हेरीने छैन । १२. बिना सूचना र उचित कारण बिना ३ पटकसम्म लगातार कार्य समितिको बैठकमा अनुपस्थित भएमा त्यस्ता पदाधिकारी तथा सदस्यलाई कार्य समितिको निर्णयद्वारा हटाइने छ । १३. केन्द्रिय कार्य समिति, केन्द्रिय महाधिवेशन प्रति उत्तरदायी हुनेछ । १४. यस संस्थामा रहेका हरेक सदस्यहरुले विधानको अनुसुची–१ बमोजिम सपथ खानु पर्नेछ । १७. पदाधिकारी तथा सदस्यहरुको काम कर्तव्य र अधिकार ः १. अध्यक्षको काम कर्तव्य र अधिकार ः क) कार्य समितिको बैठकमा र महाधिबेशन समेतको अध्यक्षता गर्ने । ख) कार्य समिति सदस्यहरुको रेख देख, निर्देशन तथा नियन्त्रण गर्ने । ग) संस्थाले सहयोग गरेको कार्यहरुको हिसाब किताबको विवरण सहीत अद्यावधिक राख्न लगाउने । घ) प्रचलित नियम र विधान अनुसार संस्था संचालन गर्ने । ङ) कार्य समितिको बैठकमा कुनै शिर्षक माथी छलफलमा समितिको सदस्यहरुको मत बराबर भएमा निर्णायक मत दिने । २. उपाध्यक्षको काम कर्तव्य र अधिकार ः क) अध्यक्षको अनुपस्थितिमा अध्यक्षले गर्ने सम्पूर्ण कार्य संचालन गर्ने गराउने । ख) कार्य समितिलाई हरतरहले सहयोग गर्ने । ३. महासचिवको काम कर्तव्य र अधिकार ः क) संस्थाको प्रवक्ताको कार्य गर्ने । ख) अध्यक्षसित परामर्श गरी बैठक बोलाउने । ग) संस्थाको अभिलेख, कागजातहरु दुरुस्त राख्ने । घ) कार्य समिति र महाधिवेशनबाट पारित निर्णयहरु पुस्तिकामा लेखि सम्बन्धित पदाधिकारीहरुलाई सही गराई कार्यान्वयन गर्ने । ङ) बैठक वा महाधिबेशनमा संस्थाको प्रतिवेदन प्रस्तुत गर्ने । च) बैठकमा निर्णयार्थ एजेण्डा प्रस्तुत गर्ने । छ) बैठकले तोकेको अन्य जिम्मेवारी काम पुरा गर्ने । ४. सचिवको काम कर्तव्य र अधिकार ः क) महासचिवको अनुपस्थितिमा महासचिवले गर्नुपर्ने सम्पूर्ण कार्यहरु गर्ने । ख) क्षेत्रीय÷शाखा समितिहरुको गतिविधि र सुचनाहरु महासचिवलाई उपलब्ध गराउने । ग) कार्य समितिले तोकेको अन्य कामहरु गर्ने । ५. कोषाध्यक्षको काम कर्तव्य र अधिकार ः क) कोषको सम्पूर्ण आय व्यय हरहिसाव रजिस्ट्रिमा खडा गरी राख्ने । ख) कुनै संस्थाले तथा व्यक्तिले शुल्क वा चन्दा बापत रकम दिएमा निजलाई अनिवार्य रसीद वा भर्पाइ दिनु पर्नेछ । ग) यस संस्थाको कोषबाट कुनै संस्था वा व्यक्तिलाई वस्तुको मूल्य तथा सहयोग स्वरुप रकम दिएमा निजबाट अनिवार्य रसिद वा भर्पाइ लिनुपर्नेछ । घ) प्राप्त भएको रकम एक हप्ता भित्र संस्थाको बैँक खातामा दाखिला गर्ने । ङ) कोष सम्बन्धि सम्पूर्ण कागजातहरु आफ्नो जिम्मामा राख्ने । च) यस विधान अनुसार बैँकको खाता संचालन गर्ने । छ) कार्य समितिको बैठक तथा महाधिवेशनमा कोष सम्बन्धि प्रतिवेदन पेश गर्ने । ज) कोष संकलन तथा आर्थिक पारदर्शी राख्नको लागि नयाँ तरिका नितीहरु अपनाउन परे प्रतिवेदन तयार पारि समितिमा पेश गर्ने । ६. सहकोषाध्यक्षको काम कर्तव्य र अधिकार ः क) कोषाध्यक्षको अनुपस्थितिमा कोषाध्यक्षले गर्नु पर्ने सम्पूर्ण कार्यहरु गर्ने । ख) कोष संचालनको लागि कोषध्यक्षलाई भर मजबुद सहयोग गर्ने । ग) बैठकले तोकेको अन्य जिम्मेवारी पुरा गर्ने । ७. संचार प्रमुखको काम कर्तव्य र अधिकार ः क) समाचार संकलन तथा सम्प्रेषण गर्न वा गराउन क्षेत्रिय÷शाखा समितिका सचिवहरुलाई परिचालन गर्ने । ख) यस संस्थाको केन्द्रिय कमिटिले पारीत गरेको कार्यक्रम तथा प्रगतिहरु लिम्बुवान लगायत सम्बन्धित निकायहरुमा जानकारी गराउने । ग) विभिन्न निकायहरुबाट समाचार संकलन गरी यस संस्थालाई जानकारी गराउने । घ) संचारको विषयमा सम्पूर्ण जिम्मेवारी लिने । ८. संगठन प्रमुखको काम कर्तव्य, संस्था गठन बारे सम्पूर्ण जिम्मा लिने । ९. जनसम्पर्कको काम कर्तव्य, जनसम्र्पक बारे सम्पूर्ण जिम्मा लिने । १०. सदस्यहरुको काम कर्तव्य र अधिकार ः क) कार्य समितिले तोकेको बमोजिम काम गर्ने । ख) कार्य समितिको निर्णयहरुलाई यथाशिघ्र कार्यान्वयन गर्ने गराउने । ग) लिम्बुवानी नागरीकहरुबीचमा निरन्तर सम्बन्ध र सम्पर्क कायम गर्ने । घ) लिम्बुवानीहरुबाट उठेको जीज्ञासा र समस्याहरु समितिको बैठकमा जानकारी गराउने । १८. शाखा कार्य समितिको गठन ः १. लिम्बुवानीहरु बसोबास गरेको क्षेत्रको आधारमा शाखा कार्य समितिको गठन गर्न सकिनेछ । २. शाखा कार्य समितिमा सो ठाउँ वा क्षेत्रमा बसोबास गरेका १८ वर्ष उमेर पुगेका परिच्छेद–३ दफा ६–१ अनुसार बनेका साधारण सदस्यहरु मध्येबाट देहाय अनुसारको पदाधिकारी तथा सदस्यहरु रहने गरी शाखा समिति गठन गर्नुपर्नेछ । क) अध्यक्ष – १ ख) उपाध्यक्ष – १ ग) सचिव – १ घ) कोषाध्यक्ष – १ ङ) संचार सचिव – १ च) सदस्य – ७ भन्दा बढी ३. शाखा कार्य समितिको गठन परिच्छेद–४ दफा १६–११ बमोजिम गर्नुपर्नेछ । कार्य समितिको पदावधि ३ वर्षको हुनेछ । ४. शाखा समितिको बार्षिक साधारण सभा हरेक वर्ष गरिनेछ । ५. शाखा अधिवेसनले शाखा समिति चयन गर्नेछ । १९. शाखा कार्य समितिको काम कर्तव्य र अधिकार ः क) यो विधान विपरीत नहुने गरी विभिन्न क्रियाकलापहरु संचालन गर्ने । ख) लिम्बुवान नागरिक समाजमा देखिन सक्ने बिभिन्न सामाजिक कुरीति र विसंगतिहरुलाई उन्मुलन गर्न सामाजिक जागरण अभियान संचालन गर्ने । ग) केन्द्रिय कार्य समितिले तोकेको क्रियाकलापहरु सक्रियताका साथ संचालन गर्ने । घ) स्थानीय तहका समस्याहरु समाधान गर्ने, सो समस्या समाधान गर्न नसके केन्द्रिय कार्य समितिलाई जानकारी गराउने । ङ) सदस्यता वितरण गर्ने र प्रत्येक वर्ष केन्द्रलाई जानकारी गराउने । १९.क – शाखा पदाधीकारी तथा सदस्यहरुको काम कर्तव्य अध्यक्ष १. शाखा कार्य समितिको बैठक लगायत अधीवेशनको अध्यक्षता गर्ने । २. केन्द्रले शाखा अध्यक्षहरुको आवश्यकता ठानी बोलाएको बैठकमा उपस्थित हुने । ३. शाखा समितिको बैठकमा मत बराबर भए निर्णायक मत दिने । ४. शाखा समितिलाई क्रियाशिल राख्ने नेत्रित्व प्रदान गर्ने । उपाध्यक्ष १. अध्यक्षको अनुपस्थितीमा अध्यक्षको सम्पूर्ण काम गर्ने । सचिव १. अध्यक्षको परापर्शमा कार्य समितिको बैठक बोलाउने । २. प्रतिवेदन तयार गरी कार्य संचालन गर्ने । ३. कार्य योजनाहरु तयार गरी कार्यक्रमहरु सभामा पेश गर्ने । ४. शाखाको नियमित बैठक तथा अधिवेशनको निर्णयहरु कार्यन्वयन गर्ने । कोषाध्यक्ष १. अर्थ सम्बन्धि आय–व्ययको विवरण सहितका कागजातहरु सुरक्षित राख्ने । २. कोष सम्बन्धि विवरण सभामा पेश गर्ने । सन्चार सचिव १. शाखाको समाचार संकलन र सम्प्रेषण गर्ने । २. सन्चार प्रमुखलाई सहयोग गर्ने । १९. ख) क्षेत्रिय सदस्यहरुको हकमा दफा ३–६ बमोजिम आवश्यकता अनुसार प्रत्येक क्षेत्रमा एक वा सो भन्दा बढी क्षेत्रिय सदस्यहरु केन्द्रबाट सिफारिस गरिनेछ । र क्षेत्रिय सदस्यहरु केन्द्रिय सदस्य सरह हुनेछन् ।
परिच्छेद–६
२०. आर्थिक व्यवस्थाः १. संस्थाको आर्थिक कल्याण एवं सामाजिक चेतना अभिवृद्धी गर्नको लागि संस्थाको एउटा कोष स्थापना हुनेछ । २. संस्थाको कोषमा जम्मा हुने सबै पुंजी लिम्बुवान स्वायत्त नागरीक एकता समाज यूकेको स्वामित्वमा रहनेछ । ३. संस्थाको उद्देश्य प्राप्त गर्नको लागि सदस्यहरुबाट समितिको निर्णय अनुसार थप रकम उठाउन सकिने छ । २१. आर्थिक श्रोत ः १. यस संस्थाका संस्थापक, आजीवन र साधारण सदस्य शुल्कबाट प्राप्त हुने रकम । २. कुनै संघसंस्था वा व्यक्तिबाट अनुदान तथा सहयोग प्राप्त हुने रकम । ३. संरक्षक तथा मानार्थ सदस्यहरु बाट प्राप्त हुन आउने रकम । ४. विभिन्न कार्यक्रमहरु संचालन गर्दा बचतको रुपमा प्राप्त हुने रकम । २२. चल अचल सम्पति ः १. यस विधानको परिच्छेद–६ दफा २१ को १, २, ३ र ४ बाट प्राप्त रकम कोषको चल सम्पतिको रुपमा रहनेछ । २. कुनै संघसंस्था वा व्यक्तिबाट प्रदान भएको घर, जग्गा, मुर्ती, चिनो आदि अचल सम्पतिको रुपमा रहनेछ । ३. लिम्बुवानीहरुको कुनै ऐतिहासिक दस्ताबेज, कृती, लेख, रचना र संस्थाको लोगो, छाप, झण्डा आदी कोषको स्थाइ सम्पतिको रुपमा रहनेछ । २३. काषको संचालन ः १. कोषको रकम पायक पर्ने कुनै बैंकमा यस संस्थाको नाममा खाता खोलेर जम्मा गरीनेछ । २. अध्यक्ष, महासचिव र कोषाध्यक्ष मध्ये कुनै दुई जनाको संयुक्त दस्तखतमा कोषको संचालन गरीनेछ । ३. शाखा समितिको मातहतमा संचालन गरीने कोषको विवरण हरेक वर्ष केन्द्रिय समितिमा जानकारी गराउनु पर्नेछ । २४. लेखा परिक्षण ः १. संस्थाको हिसाबको लेखा परिक्षण, कार्य समितिले अनिवार्य रुपमा १÷१ वर्षमा गर्नुपर्नेछ । २. अनियमित खर्च वा बेरुजु देखिएमा त्यस्तो रकम हिनामिना गर्ने पदाधिकारी वा सदस्यहरुबाट हिनामीना गरेको मितिदेखि नै २५% ले जरिवाना समेत बोकाइ असुल उपर गरिनेछ । ३. अनियमित वा बेरुजु देखिएको रकम लेखा परीक्षण भएको मितिले १ महिना भित्रै अनिवार्य रुपले बुझाउनु पर्नेछ । ४. दफा २४ उप दफा–३ बमोजिम नभएमा कार्य समितिको निर्णय बमोजिम जरिवाना गरीनेछ । ५. कार्यसमितिले तोकेको मान्यता प्राप्त लेखापरिक्षणबाट कोषको लेखा परिक्षण गरीनेछ ।
परिच्छेद–सात विविध
२५. आर्थिक सहयोगको व्यवस्था ः १. कुनै व्यक्ति वा संस्थालाई सहयोग गर्नु पर्दा समितिका निर्णय बमोजिम गरीनेछ । २६. व्यवस्थापन मसलन्द खर्च ः १. कार्य समितिले औचित्य र आवश्यकतालाई हेरि व्यवस्थापन, मसलन्द र अन्य कामहरुमा खर्च गर्नसक्नेछ । २. यसरी विभिन्न शिर्षकमा गरीएको खर्च महाधिवेशनबाट अनुमोदन गराउनु पर्नेछ । २७. विधानको संशोधन तथा कार्य समितिको अधिकार ः १. यस विधानको कुनै दफा, उपदफा वा सम्पूर्ण विधान नै संशोधन गर्नुपर्ने भएमा कार्यसमिति वा कुनै सदस्यले संशोधन को मस्यौदा महाधिबेशनमा प्रस्ताव गर्नुपर्नेछ । २. उपदफा–१ बमोजिम प्रस्ताव भएको संशोधनको मस्यौदालाई महाधिबेशनमा उपस्थित प्रतिनिधिहरुबाट छलफल गराई २÷३ बहुमतले पारित गरेमा विधान संशोधन हुनेछ । ३. कार्य समितिले आफ्नो कार्य नियमित गर्न यो विधान र प्रचलित कानुनको अधिनमा रही विभिन्न नियम बिनीयम र उप–नियमहरु बनाउन सक्नेछ । ४. विधान बमोजिम काम गर्दा कुनै बाधा अड्चन परेमा कार्यसमितिको निर्णयबाट बाधा अड्चन फुकाउन सकिनेछ । २८. अविश्वासको प्रस्ताव ः १. कार्य समितिको कुनै सदस्य वा पदाधिकारीले यो विधान विपरित कार्य गरेमा निज उपर कुनै सदस्यले अविश्वासको प्रस्ताव ल्याउन सक्नेछ । सो अविश्वासको प्रस्तावलाई कार्य समितिको २÷३ सदस्यहरुले पारित गरेमा निज कार्य समितिबाट पदमुक्त हुनेछ । तर निजलाई आफ्नो सफाइको लागि प्रमाण पेश गर्ने मौकाबाट बन्चित गरिने छैन । २. केन्द्रिय कार्य समितिको कुनै पदाधिकारी वा सदस्यहरुले यो विधानको विपरित कार्य गरेमा त्यस्तो कार्य गर्ने पदाधिकारी वा सदस्य उपर अविश्वासको प्रस्ताव ल्याउन महाधिवेशन बोलाई पाउँ भनि महाधिवेशन प्रतिनिधि संख्याको १० प्रतिशत सदस्यले केन्द्रिय कार्य समितिको अध्यक्ष समक्ष र अध्यक्ष उपर नै प्रस्ताव दर्ता गर्न परेमा केन्द्रिय उपाध्यक्ष समक्ष लिखित आवेदन पेश गर्नुपर्नेछ । यस्तो आवेदन दर्ता भएको मितिले २ महिनाभित्र महाधिवेशन बोलाउनु पर्नेछ । यस्तो आवेदन दर्ता भएको मितिले २ महिना भित्र महाधिबेशन बोलाउनु पर्नेछ । यसरी बोलाइएको महाधिवेशनको कूल सदस्य संख्याको ५१% सदस्यले प्रस्ताव पारित गरेमा त्यस्तो पदाधिकारी वा सदस्यले प्रस्ताब पारित गरेमा त्यस्तो पदाधिकारी वा सदस्य पदमुक्त हुनेछ । ३. शाखा कार्य समितिको कुनै पदाधिकारी वा सदस्यले विधानको विपरीत कार्य गरेमा त्यस्तो कार्य गर्ने पदाधिकारी वा सदस्य उपर शाखा कार्य समितिको कूल संख्याको ५१% सदस्यहरुको हस्ताक्षर सहित लिखित आवेदन केन्द्रिय कार्य समितिमा पेश गर्नु पर्नेछ । यस्तो आवेदन दर्ता भएको मितिले ३० दिन भित्र केन्द्रिय समितिले निर्णय गरि निजलाई जानकारी सहीत कार्बाही गरिनेछ । २९. खारेज र बचाउ १. यो विधान पारीत हुनुभन्दा अधि लिम्बुवान स्वायत्त नागरिक एकता समाज यू.के.ले गरेका सबै काम कार्यवाहि र निर्णयहरु यसै विधान बमोजिम भएको मानीने छ र अब उप्रान्त यस विधानको प्रतिकुल हुने कार्यहरु सबै खारेजी भएको मानिने छ । ३०. संस्थाको बिघटन तथा खारेजी ः १. यस संस्थाको आवश्यकता तथा औचित्यता छैन भनि महाधिवेशन संचालन भएको बखत उपस्थिति सदस्यहरुको २÷३ बहुमतले प्रस्ताव ल्याई पारित भएमा संस्थाको समाप्ति वा बिघटन हुनेछ । २. उपदफा १ बमोजिम संस्थाको बिघटन भएको खण्डमा संस्थासंग वा संस्थाको नाममा रहेको सम्पूर्ण चल अचल सम्पत्ति सोहि महाधिवेशनको २÷३ बहुमत को निर्णय बमोजिम ठेगाना लगाइनेछ । ३. दफा ३० उपदफा १ अनुसार हुन गएमा संरक्षक सदस्यहरुको राय सुझाव लिनुपर्नेछ । ३१. संस्थाको छाप ः १. गोलो आकार भित्र कुम्भकर्ण (फक्ताङलुङ) हिमालको नक्सा भएको माथिल्लो आधा भागमा देवनागरि लिपिमा यो संस्थाको नाम लिम्बुवान स्वायत्त नागरिक एकता समाज यूके र तल्लो आधा भागमा अंग्रेजी लिपिमा ीष्mदगधबल ब्गतयलयmयगक ऋष्खष् िग्लष्तभम कयअष्भतथ ग्प् साथै हिमाल नक्साको फेदमा स्थापित मिति (२०६६) २०१० लेखिएको हुनेछ । ३२. संस्थाको चिन्ह (लोगो) ः १. संस्थाको चिन्ह लिम्बुवानको ऐतिहासिक पृष्ठभूमि वा हालको नौ जिल्लाको नक्सा हुनेछ । ३३. संस्थाको झण्डा ः १. लिम्बुवानमा भएको प्रचलित झण्डा नै यस संस्थाको झण्डा हुनेछ । ३४. संस्थाको कार्यलय ः १. यस संस्थाको कार्यालय कार्य समितिले तोकेको स्थान रहनेछ । २. यस संस्थाको शाखा कार्यालयहरु कार्य समितिहरुले तोकेको स्थानमा रहनेछ ।
अनुसूची–१ सपथ ग्रहण
म (आफ्नो नाम………………………………………….. इश्वरलाई साँक्षी राखेर यो सपथ लिन्छु की म यो संस्था प्रति गौरव गर्दै गोपनीयता र इमान्दारिताका साथ संगठनले दिएको जुनसुकै जिम्मेवारी निस्वार्थ भै पुरा गर्नेछु । यो संस्थाको विभाग प्रति असिम आस्था राख्दै लिम्बुवानको मुक्ति र लिम्बुवानहरुको समुन्नतिको लागि मेरो बुद्धी बिबेकले भ्याए सम्म सहयोग गर्ने अठोट गर्दछु । जय लिम्बुवान ।


Comments