top of page
50224053_2475776682437148_61989866941469

About Us

लिम्बुवान नागरिक समाज युके 

आफ्नो पुर्खौली थात थलोवाट टाढा सात समुद्रपारि वेलायतमा वसाईसराईको क्रमसंगै आफ्नो गौरवशाली ईतिहास, जीवन दर्शनकोरुपमा रहेको संस्क्रिती, पुर्खौली वासस्थान र भुगोलप्रति सजगता नल्याईकन हाम्रो अस्तित्व वाच्न सक्दैन, एउटा राष्ट्र वन्न हरेक समुदायको भुमिका हुन्छ, समुदाय वाच्न यी पहिचानहरु पनि वचाउन जरुरिछ भन्ने कुराको मुल्य र मान्यतामा आधारित रहेर २००९ मा बेलायत रहेका लिम्बुवानबाशी सचेत तथा बुद्धिजिबिहरुको बिचार  बिमर्श पस्चात स्थापना भएको सामाजिक संस्थाको नाम हो लिम्वुवान नागरिक समाज, युके ।

 

लिम्बुवान नागरिक समाज युके कुनै राजनीतिक पार्टी होइन वा राजनीतिक पार्टिको भात्री संगठन पनि होइन । यो संस्था राजनीतिक स्वार्थले स्थापना भएको नभै लिम्बुवान (अरुन पूर्व ९ जिल्ला) भित्र बसोबास गर्ने तथा कर्म थलोको रुपमा संसारभर छरिएर रहेका लिम्बुवानबासिहरुको साझा संस्थाकोरुपमा स्थापना भएको हो ।

 

नेपालको सुदुर पूर्व ९ जिल्ला जन्मभुमी भै कर्म थलोको रुपमा संसारका बिभिन्न क्षेत्रमा छरिएर रहनुहुने नेपालीहरुनै  लिम्बुवान  नागरिकहरु वा लिम्बुवानीहरु हुन। यो समाजको आफ्नै नैतीक मुल्य र मान्यताहरुछन, आफ्नै ऐतिहासिक भुगोल छ् । आफ्नै सामाजिक कर्तब्यहरु छन । जुन बिधानमा ब्याबस्था गरेर अघिबढेकोछ । त्यही भुगोल भित्रको बिभिन्न जातजातिहरुलाई लिम्बुवान नागरिक मानिएको छ् । त्यो भौगोलिक परीबेश, प्रचलन र बिगतहरुले स्रीजना गरेको संस्क्रिती र संस्कारहरुनै नागरिक समाजका अमुल्य् सम्पत्ति र उभिने आधारहरु हुन ।

 

लिम्बुवान नागरिक समाजको आबश्यक्ता:

लिम्बुवान नागरिक समाजको बारेमा बुझ्नको लागि लिम्बुवानको  इतिहास बुझ्न बिशेष जरुरी हुन्छ जुन यो मुख पत्र भित्र राखिएका बिभिन्न  लेखकज्युहरुको लेखबाट पनि प्रस्ट हुने हुनाले यसको बिषयमा दोहोराउन जरुरी देख्दिन । केवल संक्षिप्तमा यो संस्था स्थापना हुनको उदेश्य तथा काम कर्तब्यहरुको बारेमा यहाँहरुलाई संक्षिप्तमा जानकारी राख्नु उचित होला भन्ने मनसायले मात्र यो शिर्सक राखिएको हो ।

 

ऐतिहासिक स्थलको नाम लिम्बुवान भन्ने प्रस्ट छंदै छ त्यसमा पनि लिम्बुवान स्थापित हुन नदिएको सबैलाई घाम जत्तिकै छर्लङ भएर पनि यो ऐतिहासिक लिम्बुवानको नाम बोकेर राजनीति गर्ने राजनीतिक पार्टिहरु समेत लिम्बुवानको निम्ती हृदय देखी कहिलै लागि परेनन। बरु साना तिना स्वार्थहरुमा अल्झी रहे बिभाजित भैरहे । जसले लिम्बुवान सम्बन्धी आँफैमा स्पस्ट आधारहरु हुँदा हुँदै पनि जातियताको बिल्ला टाँसिदिएर खिल्ली उडाउने अन्य राजनीतिक पार्टिहरुको अभिस्टा पुराहुने कार्यहरु मात्र सहज् बनेर गयो।

 

राजनीतिक फोहोरी खेलमा आफ्नो राजनीतिक स्वार्थकालागी अरु पार्टी वा समुदायको राम्रा कुराहरुलाई सकेसम्म ओझेलमा पार्ने, नभए यसमाथि कृतिम लान्छनाहरुद्वारा हिलो छ्याप्ने कामहरु बाहेक लिम्बुवानले पनि राजनीतिक पार्टिहरुबाट अहिले सम्म केही पाउन सकेन।

 

सुन्दैमा जातिय जस्तो लाग्नेहरुको जमातमा लिम्बुवान जातिय होइन, यो ऐतिहासिक प्रिस्टभुमिको नाम हो, लिम्बुवान शब्द नेपाली राजनीतिमा स्थापित हुन धेरै ऐतिहासिक खाल खन्डहरु पुरा गरेको छ्, नेपालको राज्यसत्ताले मान्यता दिएको लिखित दस्ताबेजहरु प्रसस्त छन भनेर लिम्बुवान बासिहरुलाई राजनीति गर्छौ भन्ने लिम्बुवान राजनीतिक पार्टिहरुले पनी आश्वासत पार्न सम्म सकेन ।

 

समुदायमा प्रबेश गर्न भावनापनी चाहिन्छ । समुदायको मन जित्न सकारात्मक् भावना सिर्जना गर्न सामाजिक कार्यहरु नै उत्तम माध्यम हो भन्ने पवित्र भावना र उद्देश्यका साथ स्थापना भएको हो लिम्बुवान नागरिक समाज । 

 

लिम्बुवान नागरिक समाजको उदेश्य:

यसको लक्षहरु त्यती ठुलो छैन । लिम्बुवान सबै जात जाती र समुदायको साझा फुल्बारी हो, एउटा समाजले वा सामाजिक संस्थाले जे जस्तो कार्य गर्ने क्षमता राख्छ त्यतिसम्म गर्ने हैसियत लिम्बुवान नागरिक समाजले पनि राख्दछ । आफ्नो बुताले भ्याए र सम्भब भएसम्म  लिम्बुवानबासी सबै जातजाती समुदायको लागि समान रुपले उपस्थित हुने प्रयास गर्नेछ । बाँकी यावत कुराहरु बिधानमै उल्लेख भए बमोजिम संस्था अघी बढ्नेछ ।

नेपाल राष्ट्र निर्माणका क्रममा जुन सम्झौताहरु भए तिनै ऐतिहासिक प्रमाणहरुनै यो संस्थाको उभिने बलियो आधार हो । तिनै ऐतिहासिक पृष्‍ठभुमी  हरुको संरक्षण गर्न, प्रोत्साहन दिन र ऐतिहासिक रुपमा स्थापित भुगोललाई कालान्तर सम्म बचाइ राख्न वा पुनर्जिबित गर्ने प्रयासहरु साथै समुदायमा जनजागरण तथा प्रशिक्षाण जस्ता कार्यक्रमहरुद्वारा लिम्बुवानबाशीहरुमा सकारात्मक् सोचको अभिब्रिद्धी गर्ने मुख्य उदेश्यले बिधानमै केही कुराहरुको ब्याबस्था गरी  सामाजिक संस्थाकोरुपमा अघी बढेकोछ । यसको अलावा लिम्बुवान बाशिहरुकालागी आफतकालिन स्थितिमा नागरिक समाजको हैसियतले सकेसम्म सामाजिक सहयोगको लागि प्रयास गर्नुपनि  समाजको उदेश्य र नैतीक जिम्मेवारि ठानेको छ्।

ऐतिहासिक पृष्‍ठ भुमिको आधारमा बिगतका दिनहरुमा जुन कुराहरु स्थापित हुन सकेको छ् ति कुराहरुलाई संरक्षण गर्न र संबर्द्धन् गर्दै भोलिका दिनहरुसम्म jf दोश्रो पुस्तासम्म संस्थालाई पुग्न सक्षम बनाउने जिम्मेवारि लिम्बुवानबासी वा लिम्बुवान नागरिकहरुकै हुन आउछ।  लिम्बुवानलाई सबै जात जातिहरुको साझा फुलबारि हो भन्ने भावनाको बिकास गर्न सक्ने लक्ष लिएर अघी बड्न सक्यो भने मात्रै यि माथिका कुराहरुमा लिम्बुवान नागरिक समाज सफल बन्न सक्नेछ ।

bottom of page