दिपक लिम्बुलाई नागरिक समाज युकेले सम्मान गर्यो ।
- Chhatra Wanem
- Dec 29, 2020
- 1 min read
Updated: May 26

-छत्र वनेम
केन्ट लन्डन्। अगस्ट ५ तारिखमा दिन आस्फोर्ड स्थित सगरमाथा नेपाली समाज आस्फोर्डको कार्यालयमा संस्थाको वार्षिक कार्यक्रम अन्तर्गत बसेको नियमित बैठक मा लिम्बुवान नागरिक समाज युकेले नेपालका लोकप्रिय गायक तथा प्रथम नेपाली तारा दिपक लिम्बुलाई औपचारिक रुपमा सम्मान गरेको छ् ।
संस्थका अध्यक्ष नरेन्द्र माबोहाङको अध्यक्षतामा बसेको उक्त बैठकमा उपस्थित गायक लिम्बुलाई सम्मान गर्ने क्रममा अध्यक्ष लिम्बु र निबर्तमान अध्यक्ष तथा सल्लहकार दिल सम्बाहम्फेले प्रसंसा पत्र र खदाद्वारा सम्मान गरिएको थियो त्यसैगरि उपाध्यक्ष श्रीमती मनमाया नेम्बाङबाट फूलका गुच्छा प्रदान गरी सम्मान गर्नु भएको थियो ।
उक्त बैठकमा लिम्बुवान नागरिक समाज युकेका लागि नेपाल प्रतिनिधि चयन भै काम गरिरहनु भएका नेपाल प्रतिनिधि प्रमुख तथा दमक वेलफेयर अफिसर पुनेन्द्र प्रसाद् लाबुङ ज्युलाई पनि संस्थाले औपचारिक रुपमा स्वागत तथा सम्मान गरेको छ । नेपालबाट बेलायत भ्रमणमा रहनु भएका ताप्लेजुङ् निबासि आइ एन जि ओ नरेन्द्र लाबुङलाई पनि सम्मान गरेको थियो ।
उक्त बैठकको अन्त्यमा भएको छल्फलमा संस्थासंग सम्बन्धित बिभिन्न बिषयहरुमा पनि छलफल तथा बिचार बिमर्शहरु भएको थियो । यसै क्रममा नेपालमा पनि लिम्बुवान नागरिक समाज गठनको सम्बन्धमा पनि ब्रिहत छलफल भएको थियो । सो बिषयमा छलफल हुँदा उपस्थित अधिकांशले यो संस्था सामाजिक संस्था भएको हुनाले सामाजिक सेवा र कार्यको लागि हालको अवस्थामा प्रतिनिधि रहेर कार्यगर्न सहज भए जस्तै समिती गठन गरिए आर्थिक रुपमा वा बिबिध कारणहरुले कार्य गर्न त्यती सहज नहुने भएकोले कार्यसमितिनै गठन गर्नु परे पुन: एकपटक आगामी संस्थाको अधिबेशनमा छलफल गर्ने र यसको काम तथा जिम्मेवारिको निर्धारणा गरि गठन गर्न सकिने बिचार ब्यक्त भएको थियो ।





Comments