लिम्बुवान नागरिक समाज युकेको अन्तरकृया कार्यक्रम सम्पन्न ।
- Limbuwan Civil Society UK
- Dec 27, 2020
- 2 min read
Updated: Dec 28, 2020

–छत्र वनेम
लण्डन, आस्फोर्ड ४ सेप्टेम्बर । २०१६ सेप्टेम्बर ०४ आईतवारका दिन केन्ट आश्फोर्ड स्थित सेन्ट फ्रान्सिस चर्च हलमा लिम्बुवान नागरिक समाज युकेको आयोजनामा लिम्बुवान राजनैतीक समश्या र समाधान बिषयमा एक अन्तर्कृया कार्यक्रम सम्पन्न भएकोछ । संस्थाका अदक्ष श्री नरेन्द्र माबोहाङको अदक्षतामा सुरुभएको कार्यक्रममा प्रमुख अतिथी जनजाती महासंघका अदक्ष श्री तुल छन्त्याल रहनु भएको थियो । उक्त कार्यक्रममा लिम्बुवान पार्टिहरु क्रमश:संघिय लिम्बुवान पार्टी प्राबश समिती युकेका प्रतिनिधि तथा सर्बमान्य नेता लोकेन्द्र तबेबुङ, महासचिब मान तबेबुङ, मन्च संबद्ध संघिय लिम्बुवान सामाजिक मन्च युकेका प्रतिनिधि खेम राज मादेन र केन्द्रिय सदस्य नवराज काम्बाङ लगायत नागरिक समाजका सल्लाहकारहरु क्रमश: प्रसाद थेबे, दिल सम्बाहाम्फे, बिजय बिक्रम लिङ्देन,राजेन्द्र खिम्दिङ, डम्बर सिङ्गक, धन लिम्बु,काजिमान यक्सो, गणेश इजम,दुर्गा पाङ्मा, बेलायत भ्रमणमा रहेका गायिका द्वय झुमा लिम्बु र असली वनेम लगायत बिभिन्न संघ संस्था र लिम्बुवान बासी बुद्धिजिबीहरुको उपस्थिती रहेको थियो ।
अन्तरकृया तथा छलफलकाक्रममा हालको लिम्बुवान राजनीति अन्योल, कम्जोर र लजास्पद रहेको र यसमा पार्टीगत र व्यक्तिगत स्वार्थ प्रयोग भै एक अर्कामा आरोप प्रत्यारोपहरुमै धेरै अल्झिएको कुराहरु छलफलमा ब्यक्त भएका थिए। यस्तो खालको लिम्बुवान राजनतिले लिम्बुवान प्राप्ति त होइन सबै लिम्बुवान बासीहरुको समय, धन, जन नष्ट भै लिम्बुवान समाप्ति हुने बाटोतिर धकेलिन लागेको अवस्था देखिएकोले अबको लिम्बुवान प्राप्तिको बाटो भनेको लिम्बुवानका सबै जात, वर्ग र लिङ्गहरुलाई समाबेस गराई सबै पार्टीहरु एक भै एक सिंगो लिम्बुवान पार्टी बन्नुपर्छ । एक अर्कामा आरोप प्रत्यारोप तुरुन्त रोकी नयाँ र सफलता तर्फको मार्ग तय हुनुपर्छ । सबैलाई उत्तम हुने र वास्तविक योजना बन्नुपर्छ । कुनै पनि निर्णयमा पुग्दा पार्टी र व्यक्तिगत स्वार्थलाई प्राथमिकता नराखी संघिय गणतन्त्र नेपाल भित्रको सिंगो लिम्बुवान प्रदेश प्राप्ती र यसको हितको निमीत्त बन्नु पर्दछ । सबै लिम्बुवान बादी पार्टिहरु इमान्दारी पुर्बक एकभएर सहि र सक्षम नेतृत्वको चयन गरि सबैले सहयोग र समर्थन गरि अगाडी बढेमात्र लिम्बुवान प्राप्तिको सम्भब देखिन्छ भन्ने सबै उपस्थितिहरुको राय रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथी श्री तुल छन्त्यालले आफ्नो आफ्नो मन्तब्य राख्ने क्रममा लिम्बुवान लिम्बुहरुको मात्र नभै आम् लिम्बुवान बाशिको भए पनि अहिलेको अन्योलतालाई चिर्दै लिम्बुवान अन्दोलन सफल बनाउन देश बिदेशमा रहेका लिम्बुहरु पहिला एकहुन जरुरी रहेको ब्यक्त गर्नु हुँदै एक अर्काप्रती आरोप प्रत्यारोपमा अझै अलमली रहने हो भने लिम्बुवान मात्र नभै लिम्बुहरुको अस्तित्व नै समाप्त हुने अवस्था नआउँला बन्न सकिन्न भन्ने मनसाय ब्यक्त गर्नु भएको थियो ।
संस्थाका महासचिब छत्र वनेमद्वारा सन्चालन भएको उक्त अन्तर्कृया कार्यक्रम उपादक्ष सुरेश कन्दङ्वाको शुभकामना पस्चात लगभाग ५ घण्टामात्र सन्चालन भएको थियो । उक्त कार्यक्रमका अदक्षता गर्नुहुने श्री नरेन्द्र माबोहाङले उपस्थित सम्पूर्ण महानुभबहरुप्रति सहभागि भै लिम्बुवान राजनितिक् समस्या र यसको समाधान बिषयको छलफल तथा अन्तर्कृया कार्यक्रममा सहभागी भै सफल बनाइ दिनु भएकोमा हार्दिक धन्यबात् ब्यक्तगर्दै अपरान्ह ४ बजे कार्यक्रम समापन गर्नु भएको थियो ।
Comments