लिम्बुवान नागरिक समाज बेलायतकाे अध्यक्षमा वनेम
- Limbuwan Civil Society UK
- Dec 29, 2020
- 1 min read

आस्फोर्ड (बेलायत), २० जनवरी / लिम्बुवान नागरिक समाज बेलायतको चाैथाे महाधिवेशनले छत्र वनेमलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको छ । वनेम यसअघि समाजका महासचिव थिए ।
शनिबार आस्फोर्डमा भएको महाधिवेशनले वनेमकाे अध्यक्षतामा २९ सदस्यीय कार्य समिति चयन गरेको छ । उक्त समितिका उपाध्यक्षहरूमा श्रीकुमार जवेगू, मनमाया नेम्वाङ, नवराज काम्वाङ, दिल कुमार इङ्वारम रहेका छन् । यस्तै, महासचिवमा लाहाङ चेम्जोङ, सचिवमा मान मावाेहाङ, काेषाध्यक्षमा विकास हेल्लाेक, सहकाेषाध्यक्षमा शमशेर ताप्मादेन, जनसम्पर्क संयाेजकमा शरण पङ्धाक, मिडिया संयाेजकमा अमित थेवे र साँस्कृतिक सचिवमा जानु काम्वाङ लिङ्देन रहेका छन् । समितिका सदस्यहरूमा दिल कुमारी मादेन, सिर्जना सम्बाहाम्फे, दिलकुमारी लाबुङ, टीका सम्बाहाम्फे, रनवीर याेङहाङ, प्रेम लिम्बु, राम निङ्लेकु, माेहन साेदेम्वा, कृष्ण फाेम्वाे, दीपेन्द्र खिम्दिङ, गङ्गा खिम्दिङ, गडुलध्वाेज मादेन, दिल कुमार तुम्बाहाम्फे,नरजङ्ग मावाेहाङ,सुवतराज मावाेहाङ र तिलवीर खवाहाङ छन् ।
समितिकाे कार्यकाल तीन वर्ष रहनेछ । समाजले नेपालमा चलिरहेको लिम्बुवान अान्दोलनलाई जाेड्न नेपाल संयाेजकमा निलिफा सुब्बा र सहसंयाेजकमा दिल कुमार लाबुङ पनि ताेकेकाे नवनिर्वाचित अध्यक्ष वनेमले बताए । समाजका सल्लाहकार दिल कुमार सम्बाहाम्फेकाे प्रमुख अातिथ्यमा भएको कार्यक्रममा नेपाल अादिवासी जनजाति महासङ्घका पूर्व अध्यक्ष श्री साम्यू, याक्थुङ चुम्लुङ बेलायतका पूर्व अध्यक्ष डम्मर सिङ्गक, गैरअावसीय नेपाली महासङ्घ बेलायतका पूर्व महासचिव विजय लिङ्देन लगायतका अतिथिहरू उपस्थित थिए । निवर्तमान अध्यक्ष नरेन्द्र मावाेहाङकाे अध्यक्षतामा भएको कार्यक्रममा महासचिव छत्र वनेमले साङ्गठनिक प्रतिवेदन र काेषाध्यक्ष विकास हेल्लाेकले अार्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । साेही अवसरमा गायिका अमृता सम्बाहाम्फेलाई पनि समाजले सम्मान गरेको थियोे । लिम्बुवान प्राप्तिको अान्दोलनलाई नागरिक तहबाट सहयोग पुर्याउन सन् २००९ मा समाजको स्थापना गरिएको निवर्तमान अध्यक्ष मावाेहाङले बताए ।-अमित थेबे
Comments