लिम्बू विद्रोह–बि.स.१८४८
- Limbuwan Civil Society UK
- Dec 28, 2020
- 11 min read
Updated: Jan 28, 2021

–राजकुमार दिक्पाल
हाल सशक्त रुपमा जातीय पहिचान माग गर्ने नेपालका आदिवासी जनजातिमध्ये लिम्बूहरुले वि.सं. १८४८ मा राज्यविरुद्ध विद्रोह गरे । अहिले पनि लिम्बूहरु जातीय पहिचानको आन्दोलनमा सशक्त छन्,यसमा उनीहरुसँग रहेको ऐतिहासिक विरासतको भूमिका निक्कै महत्वपूर्ण छ । पृथ्वीनारायण शाहको राज्य विस्तार अभियानका क्रममा गोरखालीहरु पल्लो किरात लिम्बुवानमा पुग्दा कतिपय लिम्बूहरु लडे,कतिपयले गोरखालीहरुसँग सम्झौता गरे।
लिम्बुवान भूमिको लागि लडेर हार खाएका लिम्बूहरु सिक्किम पसे र त्यहाँबाट पनि गोरखालीहरुसँग लड्न छाडेनन् । त्यसैले पल्लो किरात लिम्बुवानमा शान्ति कायम हुन निक्कै वर्ष लाग्यो । लिम्बूहरुले आफ्नो गुमेको राज्यका लागि गोरखाली शासकसँग पटक पटक विद्रोह गरेको इतिहास पाइन्छ । यस लेखमा वि.सं. १८४८ सालमा नेपाल र सिक्किमबीच युद्ध हुँदा लिम्बूहरुले सिक्किमको पक्षमा लागेर निक्कै ठूलो विद्रोह गरेको ऐतिहासिक कागज पत्र पाइएकाछन् । यस लेखमा त्यहीँ ऐतिहासिक पत्रहरुका आधारमा वि.सं. १८४८ सालमा भएको लिम्बू विद्रोहको इतिहास खोतल्ने प्रयास गरिएको छ।
प्रमुख शब्दहरु:
पल्लो किरात, लिम्बुवान, लालमोहर, रुक्का, सुखिम, गोरखाली, युद्ध, सेन, सिर्देउ राय ।
१.लिम्बू शब्दको प्रयोग
लिम्बू शब्दको अर्थ धनुबाण र यसबाट प्राप्त बिजयसँग पनि जोड्न खोजिएको छ। इतिहासकार इमानसिंह चेम्जोङले लिम्बू शब्दलाई यसरी अथ्र्याएका छन् । आठ आपुंगी राजालाई १० सरदारले युद्धमा जितेपछि धनुवाणको सहयताले जितेको हुनाले त्यसको नाम लिम्बुवान राखियो । “लि”को अर्थ धनु, “आबु”को अर्थ हान्ने (हान्यो) र “वान”को अर्थ नाम लगाउने अर्थात किराती भाषामा धनुवाणले जितेको देश लिम्बुवान हुन पुग्यो (चेम्जोङ, २०५९ः१९)। लिम्बूहरुले आफैले चाहिँ आफूलाई याक्थुङ्वा भन्ने गर्छन् । “याक्थुङ्वा” याक्थुङ् भाषाको “यक” र “थुङ्वा” वा “थुम्वा” मिलेर बनेको छ । “यक” को अर्थ गढी किल्ला अँग्रेजीमा फोर्ट हो भने “थङ्” को अर्थ “लडाइँ” वा “लडाइँका हात हतियार÷सामथ्र्य” हुन्छ। यसरी शब्द ब्यूत्पतिका आधारमा याक्थुङ्वाहरु कुनै खास विशेष गढी अन्तर्गत संरक्षित,सम्बन्धित र त्यस गढीको सामथ्र्य राख्नेहरु हुन् (चेम्जोङ, २०६७ः७)।
लिम्बू भन्दा पहिले याक्थुङ्वाहरुले आफ्नो नामको पछाडी राय पद्वी राख्ने गरेको पाइन्छ । मोरङका राजा साङलाइङपछि उनका छोरा पुङलाइङ राजा भए। उनले हिन्दु मत ग्रहण गरी आफ्नो नामलाई अमर राय पदले सुशोभित गरे।उनको छैटौँ पुस्तामा विजयनारायण राय राजा भए। राजा विजयनारायणले फेदाप थुमका मुरेहाङसँग मित्रता गाँसी आफ्नो राज्यमा बोलाई चौतारिया बनाए। मुरेहाङले पनि आफ्नो नामलाई “राय” पदबाट सुशोभित (चेम्जोङ, सन् २००३:१३ र १७) गरेपछि लिम्बू सुब्बाहरुको नाम पछाडी राय वा राई पद्वी रहन थालेको पाइन्छ ।
लिम्बू शब्दको प्रयोगको इतिहास हेर्दा वि.सं. १८३१ भन्दा उता जादैन । गोरखा राज्य विस्तार अभियानका क्रममा पल्लो किरात अम्बल गर्दा पृथ्वीनारायण शाहले लिम्बू सुब्बाहरुलाई १८३१ साउन २७ गते सोमबार दिएको लालमोहरमा लिम्बू र लिम्बुवान शब्द परेको छ (राजवंशी, २०२५ः२९–३०)।
यस्तै रणबहादुर शाहको नामबाट जोगनारायण मल्लको नाममा जारी गरिएको वि.स. १८३५ वैशाख बदि ४ को लालमोहर (पन्त, २०४०ः३२)मा पनि काज परिआया भनि लिम्बूहरु भन्न आया र भोट्या र लिम्बू पाट्याको ता हाम्रो सबै हो भन्या जस्तो लाग्या र हान भनि वचन दिऔं भनि लेष्याछौ सुन्यौ लिम्बू र भोट्या फोर्नु हाम्रो सब्यै हो लेखिएकोले हज्जन पाण्डुलिपीको अनुवाद पृष्ठ ११० अनुसार वैरागी काँइलाले भनेजस्तै लिम्बूहरुले आफूलाई याक्थुङ्वा,पर्वते ले लिम्बू र लाप्चाले चोङ भन्ने गरेको (वनेम, २०७०ः२८) स्पष्ट हुन आउँछ । बरु सिमानामा बस्ने भएकोले याक्थुङ्वाहरुलाई अरुले लिम्बू भनेको देखिन्छ । जीव र चिकित्सा विज्ञानको शब्दकोशमा “लिम्बस”को अर्थ बोर्डर जोन हुने र ल्याटिन भाषामा पनि “लिम्बस” भनेको बोेर्डर प्रदेश हो। यो प्रसँगलाई याक्थुङ्वाहरुको बसोबासको वास्तविक भौगोलिक क्षेत्रसमेत नेपाल,सिक्किम र ब्रिटिश भारतको फ्रन्टियरसँग गाँस्दै त्यसको राजनीतिक प्रासँगिकतासँग जोडेर हेर्न सकिन्छ (चेम्जोङ, २०६७ उही)।
याक्थुङ्वाहरुलाई तिब्बतीहरुले “लिङ्स–पो वा लिङ्स–वो” शब्दबाट सम्वोधन गरेको बिषयमा पनि विचार गर्न सकिन्छ । तिब्बती लेखाईमा “लिङ्स–पो वा लिङ्स–वो”को अर्थ टाढिएको,सीमान्त क्षेत्र वा अनकन्टार जंगल इलाकामा शिकारी भई पसेर हराएको भन्ने लाग्छ (ढुङ्गेल, २०६९ः२२) । हुन पनि लिम्बूहरुको बसोबास त्यसबेला तिब्बत,सिक्किम,ब्रिटिश भारत र भुटान सँग निकट सिमानामा रहेकोले सिमानाको बासिन्दाको अर्थमा याक्थुङ्वाहरुलाई गोरखाली शासकहरुले लिम्बू भनेको हुन् ।
२.लिम्बू सुब्बामा फुट र केहीको सिक्किम पलायन पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गाभिनु अघि विजयपुरका सेनहरुलाई लिम्बूहरुले राजा मान्थे । तर सेन राजाहरुको राजनीतिक अधिकार आदर्शको रुपमा मात्र किरात प्रदेशमा कायम भए तापनि त्यस क्षेत्रका स्थानीय सामन्तको रुपमा पहिलेदेखि नै पुस्तौनी रुपमा कार्यरत किरात दिवान राय तथा हाङहरुको नै स्थानीय शासनमा हात हुन्थ्यो । पल्लो किरातमा पनि लिम्बूहरुका दश जना दलपति हाङहरुले नै वास्तविक शासन चलाउँथे । त्यसै हुनाले पल्लो किरातलाई दस लिम्बुवान भनिने चलन रहेको हो (ढुङ्गेल, २०४६:४)।
पृथ्वीनारायण शाहले राज्य विस्तार अभियान गर्दै जाँदा गोरखाली सेना वि.सं. १८३० चैतमा चैनपुर पुग्यो (आचार्य, २०३८:२२)। त्यसबेला १० लिम्बू १७ थुममा १२ जना नामी सुब्बाहरु थिए । तीमध्ये फेदापको आतहाङको नेतृत्वमा तम्बरखोलाको शुभवन्त राय, मैवाखोलाका श्रीदेव राय र मेवाखोलाका रैनसिंह राय गोरखासँग मिले । आठराईका श्रीजंग राय, पाँचथरका फुङ (कुम) राय र चौविसका जमुन रायलाई पनि लालमोहर दिएर पृथ्वीनारायण शाहले उनीहरुसँग सम्झौता गरे । चैनपुरमा घमासान युद्ध हुँदा त्यहाँ सुब्बा हार खाई सिक्किमतिर पसे । यता गोरखालीसँग नमिल्ने छथरका सुनुहाङ राय,याङरोकका योङ्याहाङ राय र चारखोलाका आसदेव राय आ–आफ्नो गढमा बसी लड्दै रहे । तर हातहतियारको अभावले उनीहरुले हार स्वीकार गर्नुप¥यो । आफ्नो देश छाडी सिक्किम पसे तापनि शत्रु सेनासित लड्न उनीहरुले छाडेनन् (चेम्जोङ, २०५९:४५–४६)।
पल्लो किरात लिम्बुवान आफ्नो अधिकारमा ल्याइसकेपछि पृथ्वीनारायण शाहले आफ्नो विजयको बारेमा भगवन्तनाथदेवलाई वि.सं. १८३१ भाद्र सुदि ६ रोज ६ मा लेखेको पत्रमा “किरात अम्बल भएको मधेशमा कन्काइ नदी,पहाडमा सभाखोला तमोर नदीको साँध लागेको ८५ जनाभन्दा बढि काटिएको,कति भागेर मुगलान र कति सुखिमतिर गएको” भन्ने (योगी, २०५५:६–७) परेकोबाट युद्धमा हारेका वा बाँचेर गोरखासँग बदला लिने मनसुवा भएका लिम्बू सुब्बाहरु सिक्किमतिर गएको प्रष्ट हुन्छ ।
३.चैनपुरको युद्ध र लिम्बू विद्रोह नेपाल र तिब्बतबीच युद्ध चलिरहेको बेला वि.सं. १८४८ सालमा सिक्किमले फेरि चैनपुरमाथि कब्जा जमायो । सिक्किमका पक्षमा लागेर लिम्बूहरुले विद्रोह नै मच्चाएका थिए । त्यसबेला सिक्किमले चैनपुर किल्ला र त्यसअन्तर्गतको सिद्धिपुर किल्लापनि कब्जामा लिइदियो । भोटे र सिक्किमेहरुले चैनपुर फिर्ता लिएपछि गोरखा पक्षका सैन्य र जनता भागेर अरुण पश्चिम जानु परेको थियो । तर पछि गोरखा पक्षका मानिस मरेमा मृतकको शब भने चैनपुरमै ल्याउनुपर्ने परम्परा रहेको कुरा गरी शब गाड्न चाहिँ चैनपुरमै लग्ने भन्ने बाहना पारी त्यसका निम्ति भोटे र सिक्किमेसँग स्वीकृति लिई हातहतियारको मुर्दा बनाउँदै चैनपुर खलङ्गाको बनभित्र थुपार्ने चलाखी स्थानीय योद्धाहरुले गरेका थिए (ढुङ्गेल, २०४६:१०) । किरात प्रदेशमा सिक्किमे सैनिकहरुले आक्रमण गर्दा त्यहाँ घरबास भएका केही लिम्बूहरुले विपक्ष सैनिकसँग मिलेका थिए (आचार्य, २०६३:२२९)।
चैनपुरको युद्ध र लिम्बूहरुको विद्रोहका बारेमा तत्कालिन राजा रणबहादुर शाहको नामबाट जाजरकोटी राजा गजेन्द्र शाहलाई युद्ध सकिनासाथ वि.सं. १८४८ साल चैत्र शुक्ल २ रोज ६ मा लेखेको पत्र (योगी,२०५५:६–७)मा चैनपुर युद्ध र लिम्बूहरुको संलग्नताबारे बुझ्न सकिन्छ । पत्रअनुसार गोरखालीपक्षबाट चैनपुर युद्धको दृश्य यस्तो छ :
विजयपुरतिर अरुण नदीपार सुखिम चैनपुरमा चिनिया भोटेसमेत आए । लिम्बुवान लाप्चालाई भित्र खर्च दिएर विद्रोह गरी एक दुई जग्गा लिएको थियो । पाँच सात हजार वैरी आएका रहेछन् । विजयपुरका सुब्बा पूर्णानन्द उपाध्यायले पठाएको एक दुई कम्पनी फौज सामेल भई सिद्धपोखरीमा तीन ठूला ठूला खलंगा बारी बसेको बैरीलाई दुईतिरबाट छेकेर आक्रमण गरियो । बैरी पक्ष एकै जना पनि उम्कन नपाई काटिए । खलंगाभित्रै पाँच सय वैरीका गीड पुगेको थियो । करुवाङसहित काजी काटिए । अरु दुई चार जना पनि काटिए । यो थाहा पाएपछि हामीले बढाईं ग¥यौँ, त्यतितिर पनि बढाईं गर्नुहोस । यो युद्ध वि.सं. १८४८ साल फागुन–चैतमा भएको थियो (आचार्य, २०४१:१३)।
यस युद्धको प्रसँग “प्राचीन नेपाल”(श्रावण २०३०) मा प्रकाशित “नेपाल देशको इतिहास” मा पनि परेको छ । यसमा उल्लेख भएअनुसार शाके १७१३ किराती मूलुकमा लिम्बूहरुले कुल गर्दा सरदार बदलसिंह बस्नेत,सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएका र वैरीको लस्कर ठूलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट फौज पठाइएको र सिद्धिपुरमा ठूलो लडाई हुँदा वैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खाँडो पखाली कद्रुहीमा आइ बसेको उल्लेख छ । ४. लिम्बू विद्रोहबारे ऐतिहासिक पत्रहरु त्यसबेला हस्तलिखित पत्र र मानिसद्वारा आदान प्रदान गरिने मौखिक खबर नै सञ्चार साधनको रुपमा प्रचलित थियो । राजदरबारबाट पठाइने पत्रहरुलाई रुक्का वा लालमोहर भनिन्थ्यो ।
वि.सं.१८४८ सालको गोरखा विरुद्ध तिब्बत र सिक्किमको चैनपुर युद्धमा लिम्बूहरुले विद्रोह गरी सिक्किमको साथ दिएका थिए भन्ने प्रमाणका रुपमा दुई वटा रुक्का ऐतिहासिक पत्रका रुपमा प्राप्त भएका छन् । यस्तै वि.सं. १८४८ साल अघि पनि लिम्बुवान क्षेत्र अशान्त थियो र त्यसमा लिम्बुवानबाट सिक्किम गएका सुब्बाहरुको हात थियो भन्ने संकेत गरिएको अर्को ऐतिहासिक पत्र पनि प्राप्त भएको छ । सिक्किमसँग मिलेर भए पनि आफ्नो गुमेको राज्य पुन प्राप्त गर्ने नै लिम्बूहरुको विद्रोहको प्रमुख कारण हो भन्न सकिन्छ । यस लेखमा ती पत्रहरुमा लेखिएको भाका प्रस्तुत गरिएको छ :
(पत्र संख्या : १) स्वस्तिश्री मन्मंहाराजाधिराज कस्य रुक्का
आगे फागु सिर्देउराईके तेरो वावु वराज्युका पालादेषिको किपटजिमिन तेरा भाई विरादार मुसा पर्जा अठचालिस सालमा कुल हुँदा भागि ठडियाका प्रजा थामिबक्स्यौं भोट मधेश गयाका झिकि बस्ति बसाई भोग्य गर इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम् ........
मैवाखोलाका प्रभावशाली सुब्बा सिर्देउ रायलाई राज्यका तर्फबाट प्रदान गरिएको यो रुक्काले वि.स. १८४८ मा लिम्बूहरुले विद्रोह गरेको स्पष्ट संकेत गरेको छ । गर्दा सरदार बदलसिंह बस्नेत,सुब्बा पूर्ण पाध्या र सुब्बा अदल सैन्य लिएर विजयपुर गएका र वैरीको लस्कर ठूलो छ भन्ने खबर आउँदा काजी देवदत्त थापाको नेतृत्वमा काठमाडौंबाट फौज पठाइएको र सिद्धिपुरमा ठूलो लडाई हुँदा वैरी फौजलाई साफसँग काट्दै धपाएर कनकामा खाँडो पखाली कद्रुहीमा आइ बसेको उल्लेख छ ।
४. लिम्बू विद्रोहबारे ऐतिहासिक पत्रहरु त्यसबेला हस्तलिखित पत्र र मानिसद्वारा आदान प्रदान गरिने मौखिक खबर नै सञ्चार साधनको रुपमा प्रचलित थियो । राजदरबारबाट पठाइने पत्रहरुलाई रुक्का वा लालमोहर भनिन्थ्यो ।
वि.सं.१८४८ सालको गोरखा विरुद्ध तिब्बत र सिक्किमको चैनपुर युद्धमा लिम्बूहरुले विद्रोह गरी सिक्किमको साथ दिएका थिए भन्ने प्रमाणका रुपमा दुई वटा रुक्का ऐतिहासिक पत्रका रुपमा प्राप्त भएका छन् । यस्तै वि.सं. १८४८ साल अघि पनि लिम्बुवान क्षेत्र अशान्त थियो र त्यसमा लिम्बुवानबाट सिक्किम गएका सुब्बाहरुको हात थियो भन्ने संकेत गरिएको अर्को ऐतिहासिक पत्र पनि प्राप्त भएको छ । सिक्किमसँग मिलेर भए पनि आफ्नो गुमेको राज्य पुन प्राप्त गर्ने नै लिम्बूहरुको विद्रोहको प्रमुख कारण हो भन्न सकिन्छ । यस लेखमा ती पत्रहरुमा लेखिएको भाका प्रस्तुत गरिएको छ :
(पत्र संख्या : १) स्वस्तिश्री मन्मंहाराजाधिराज कस्य रुक्का आगे फागु सिर्देउराईके तेरो वावु वराज्युका पालादेषिको किपटजिमिन तेरा भाई विरादार मुसा पर्जा अठचालिस सालमा कुल हुँदा भागि ठडियाका प्रजा थामिबक्स्यौं भोट मधेश गयाका झिकि बस्ति बसाई भोग्य गर इति सम्वत १८५२ साल मिति अधिके भाद्र शुदि ७ रोज ६ कांतिपुर सुभम् ........
मैवाखोलाका प्रभावशाली सुब्बा सिर्देउ रायलाई राज्यका तर्फबाट प्रदान गरिएको यो रुक्काले वि.स. १८४८ मा लिम्बूहरुले विद्रोह गरेको स्पष्ट संकेत गरेको छ । सुब्बाहरुले विद्रोह गरेको भए तापनि कारवाही नगरिएको उल्लेख गर्दै रुक्कामा फेरि पनि लिम्बूहरुको नाममा लालमोहर जारी गरिने हात हतियार पनि उपलब्ध गरिने उल्लेख छ । साथै त्यसबेला विजयपुरमा रहेर पल्लो किरातको प्रशासन चलाइरहेका सुब्बा पूर्णानन्द उपाध्ययको टोलीमा झारासहित सामेल हुन र राजधानीबाट खटिएर जाने भारदार र सुब्बाले जता खटाउँछन् त्यतै खट्न आदेश दिदै फेरि पनि विद्रोह गरे कारवाही गरिने चेतावनी पनि दिइएको छ । तर यस्तो चेतावनीबाट विचलित नभई लिम्बूहरु वि.स. १८४८ सालको विद्रोहमा सहभागी भएका थिए ।
(पत्र संख्या ः ३) स्वस्ति श्री गिरिराज चक्रमुडामणि नरनारायणेत्यादि विविध विरुदावलि विराजमान मानोन्नत श्रीमन महाराजाधिराज रणबहादुर शाह देवानाम सदा समर विजयिनाम ............. स्वस्ति श्री सर्वोपमायोग्य श्री देवपति राय थामावुं राय श्री बहीनामसा राय श्री फेन्दुवा राय श्री शाभामुधा राय श्री थेवेसिं राय श्री जसमुषा राय श्री गोथिम राय श्री सां राय श्री नामसाहां राय श्री इगुमसेदी राय श्री पोतवा राय श्री ओङदेवा राय श्री फोवोहांग्या राय श्री यंवा राय श्री षिंभिदिंग राय श्री पात्लुवा रायके आशिषपूर्वक पत्रमिदं यहाँ कुशल ताहाँ कुशल चाहिये आगे यहाँको समाचार भलो छ उप्रान्त जीहाको निमिष खायाको थियो सेवकको गर्नु निमिष सक्दो गर्नुछ ग¥यौ आज हाम्रो पाव भनी आयौ त तम्रो पिछा लियौ बस्र्दास्ती गरौला हिजो तिमीहरुले पारि बसी लुटपीट गोवध खतछित् ग¥याको सब माफगरिबक्यौं हाम्रा पिछा प¥यापछि गौवध नगर्नु पारी हुँदा ग¥याको षत वापत तिमीहरुलाई कसैले दराउतम्बी ग¥या अप्सरिया होला निमिषको साझो गरी टहलमा रुझु रहु तिमी सुबा सुबाहरुको षातिरजामासित पजनी भेटाई आज तम्रो खायन पायन जस्को जस्तो जस्तो छ जाँची बुझि लाजिमा माफिक बनाइबक्सौंला सर्वथा चाँडो गरी आज ढिलाइ नगर उप्रान्त तम्रो ज्या लुटपिट ग¥याकोमा हामीले माफ गरिबक्स्याकोछ जस्ले लुटपिट लियाको छ मागी लेउ. तिमीले माग्दामा नदिया अप्सरिया हुनेछ तसर्थ तिमीहरु चाडो गरी आयापछि सबै कुराको बन्दबस्त गरिबक्सौंला । इति सम्वत १८४३ जेष्ठ सुदी रोज २ शुभम्...
वि.स.१८३१ सालमा पल्लोकिरात लिम्बुवान गोरखा राज्यका गाभिएपछि कतिपय लिम्बू सुब्बाहरु सिक्किम पलायन भएका थिए । रणबहादुर शाहले वि.सं. १८४३ सालमा सिक्किम पलायन भएका १७ जना लिम्बू सुब्बाको नाममा जारी गरेको यो लालमोहरले पनि सिक्किमतिर पलायन भई गएका लिम्बू सुब्बाहरुलाई नेपाल बोलाइएको छ । उनीहरु प्रायः तमोर पारीका छन् । सिक्किम पलायन भएका लिम्बू सुब्बाहरुले सिमाक्षेत्रमा विभिन्न प्रकारका लुटपाट गरी असन्तुष्टि जनाएका थिए । यसरी सिमा क्षेत्रमा बसेर लुटपिट गरेको तथा गाई मारी खाएकोमा माफ दिदै चाँडोभन्दा चाँडो नेपाल आउन पनि आह्वान गरिएको छ ।
यी ऐतिहासिक पत्रहरुले पल्लो किरात लिम्बुवान क्षेत्रमा पटक पटक लिम्बूहरुले आफ्नो राज्य गोरखा राज्यमा गाभिइ सकेपछि असन्तुष्टि जाहेर गर्दै विद्रोह मच्चाएको प्रमाणित गर्दछ ।
५.को हुन् सिर्देउ राय ? यहाँनेर लिम्बूहरुले विद्रोह गरेको स्पष्ट संकेत भएको रुक्का पाउने सिर्देउ (कतै श्रीदेव,सिरदेउ)को बारेमा केही उल्लेख गर्न सान्दर्भिक देखिन्छ । गोरखालीहरुसँग मिल्ने लिम्बू सुब्बाहरुमध्ये सिन्धोलुङ् मैवाखोला थुमका सिर्देउ एक थिए भन्ने प्रसँग माथि परिसकेको छ । उनी लिम्बूको फागो वनेम थरका थिए र आफ्नो वंशजको ५६ औँ पुस्ताका देखिन्छन् (वनेम, २०७०ः१५०) । उनी सुखुराय (साधवा) रायका तीन छोरामध्ये जेठा छोरा हाङसु रायका नाती हुन् (वनेम, २०७०ः१०१)। साधवा रायकै माइला छोरा नाम्नुरेका नाती जैकर्ण,पतानी गंगा (काङ्कारे) र कान्छा छोरा समुद्रे पट्टिका नाती काङ्सोरे (कंश राय) लिम्बुवान र गोरखा युद्ध ( बि.स. १८३१ वैशाख २५) को लिम्बू इतिहासमा प्रशिद्ध छन्। साधवा रायको नाममा १८०७ आश्विन सुदि २ मा विजयपुरका सेन राजा विश्वम्भर सेनले (चेम्जोङ, २०६३ः१४४) र उनका छोरा हाङ्सु रायको नाममा १८१८ माघ बदिमा विजयपुरकै कामदत्त सेनले (चेम्जोङ, २०५९ः३५) स्याहामोहर जारी गरी विभिन्न जग्गा जागिर दिएको देखिएकोले सिर्देउ रायको पैतृक विरासत सेन राजाहरूसँग पनि जोडिएको स्पष्ट हुन आउँछ । यस्तै सिर्देउका बाजे हाङसु रायको सेनवंशी राजासँग वैवाहिक सम्बन्ध पनि रहेको थियो । उनले कामदत्त सेनकी छोरी हसुन्दी हाङ्मालाई विजयपुरको दरबारबाट हात्तीको सुँड काट्ने बाजी जितेर वानेने (हात्तिखावा) गाउँमा ल्याएका थिए (वनेम, २०७०ः९३)।
पल्लो किरात लिम्बुवान गोरखा राज्यमा गाभिएपछि शाह राजाहरुले सिर्देउको नाममा किपट अधिकार थामिदिएको लालमोहरहरु प्रशस्तै पाइएका छन् । वि.स. १८३९ देखि १८४१ सम्मका रणबहादुर शाहले उनको नाममा जारी गरेको लालमोहरमा उनको किपट थामिएको,उनलाई हातहतियार लिन काठमाडौं बोलाइएको र उनको भागमा २५० खुँडा, ३० बन्दुक र २२० धनुर्बाण परेको देखिन्छ (श्रेष्ठ, २०६८ः११८–११९)।
यस्तै सिर्देउ रायकै नाममा वि.सं. १८४१ को राजा रणबहादुर शाहको, १८४८ भदौको काजी कृष्ण शाहको,१८४८ पुसको काजी देवदत्त थापाको,१८४८ माघको पूर्णानन्द उपाध्ययको र १८५४ भदौको राजा रणबहादुर शाहको पत्रहरु पनि पाइएका छन्् ।
यसैगरी रणबहादुर शाहले नै वि.स. १८४६ आषाढ सुदि ११ रोज ६मा सिर्देउ रायसहित १६ जना लिम्बू सुब्बाको नाममा जारी गरेको लालमोहर ले पनि लिम्बूहरू पृथ्वीनारायण शाहको राज्यविस्तार अभियानविरुद्ध लडेको स्पष्ट गर्दछ । लालमोहरमा सेन राजाका पालामा तामाकोशीसम्म पुगी लुटपिट गरेको र त्यस्तो गरेकोमा अहिले आएर माफ गरिएको उल्लेख भएकोले उनीहरू सेन राजाको पक्षमा लागेर तामाकोशीसम्म लड्न पुगेको स्पष्ट हुन्छ । उनको नामबाट जारी पत्रहरु अनुसार वि.स. १८३९ देखि १८५४ सम्म सिर्देउ राय मैवाखोलामा सुब्बाका रुपमा लगातार १५ वर्ष सक्रिय रहेका देखिन्छन् । यसबाट उनी पल्लो किरात लिम्बुवान क्षेत्रको निक्कै प्रतिष्ठित र महत्वपूर्ण व्यक्तित्व रहेका थिए भन्ने स्पष्ट हुन्छ ।
६. उपसंहार
अहिले जातीय पहिचानको आन्दोलनमा लिम्बू संस्था र लिम्बुवानवादी राजनीतिक दलहरुको सक्रियता निक्कै ठूलो छ । उनीहरुको यस्तो माग र माग पुरा गराउन जारी आन्दोलन सशक्त हुनुमा उनीहरुको पुर्खाको इतिहासको विरासत, लिम्बुवानको सिमान्त र संवेदनशील भूगोलको भूमिका ठूलो छ। इतिहासमा कोहि गोरखा राज्यसँग मिल्ने र कोही युद्ध लड्ने देखियो। युद्धमा हारेता पनि सिमानापारीको सिक्किममा गएर असन्तुष्टि जनाउने र गुमेको राज्य फिर्ता गर्नका लागि विद्रोहमा सामेल भइरहने गरेको पनि देखियो । यसैको सेरोफेरोमा नेपाल र सिक्किमबीच वि.सं. १८४८ सालमा युद्ध हुँदा विद्रोह गरी लिम्बूहरुले सिक्किमको पक्ष लिएका हुन् । सन्दर्भ सामग्री पुस्तकहरू १.आचार्य, बाबुराम । (२०६३) । नेपालको संक्षिप्त वृत्तान्त । काठमाडौं ः प्रा. श्रीकृष्ण आचार्य । २. चेम्जोङ, इमानसिंह । (२०६१) । किरात इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय । ३. चेम्जोङ, इमानसिंह । (सन् २००३) । किरातकालिन विजयपुरको संक्षिप्त इतिहास । ललितपुर ः किरात याक्थुङ चुम्लुङ, केन्द्रीय कार्यालय । ४.चेम्जोङ, इमानसिंह । (२०६३) । किरात इतिहास र सँस्कृति । ताप्लेजुङ ः डिल्लीबहादुर लिवाङ र अरु । ५. योगी, नरहरिनाथ । (२०५५) । इतिहास प्रकाशमा सन्धिपत्र संग्रह । रोल्पा ः बालाराम घर्ती मगर । ६.वनेम,देवेन्द्र कुमार। (२०७०) । सिन्धोलुङ फागो वनेम वंशावली, इतिहास र मुन्धुम । धरान ः वनेम कल्याण संस्था । ७. श्रेष्ठ, शिवकुमार । (२०६८) । लिम्बूवानको ऐतिहासिक अध्ययन । ललितपुर ः साझा प्रकाशन । पत्रिका तथा जर्नल १. आचार्य, बाबुराम । (२०३८ भाद्र) । नेपाल
राज्यको स्थापना । पूर्णिमा (पूर्णाङ्क ५०) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. २२ २. आचार्य, बाबुराम । (२०४१ चैत्र ) । बहादुर शाहको मुखत्यारी (३) भोटमा फेरि युद्ध, सुखिममा अधिकार र चिनियाको आक्रमण । पूर्णिमा (पूर्णाङ्क ६३) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ. १३ ३. ढुङ्गेल, रमेश । (२०४६ भदौ–असोज) । पल्लो किरातको चैनपुर ः एक महत्वपूर्ण ऐतिहासिक प्रदेश । प्राचीन नेपाल (संख्या ११३) । काठमाडौं ः पुरातत्व विभाग । पृ.४ र १० ४. ढुङ्गेल, डा. रमेशकुमार । (२०६९ असोज) । लिम्बू कि याक्थुङ । हिमाल असोज १–१४ । ललितपुर ः हिमाल मिडिया प्रा. लि. । पृ. २२ ५. थापा, रमेशजंग (सम्पा.) । (२०३० श्रावण ) । नेपाल देशको इतिहास । प्राचीन नेपाल (संख्या २४) । काठमाडौं ः पुरातत्व विभाग । पृ. २ ६. पन्त, दिनेशराज । (२०४० चैत्र) । श्री ५ रणबहादुर शाहका नौवटा अप्रकाशित लालमोहर । पूर्णिमा (पूर्णाङ्क ५८) । काठमाडौं ः संशोधन मण्डलद्वारा देवीप्रसाद भण्डारी । पृ.३२ ७. राजवंशी, शंकरमान । (२०२५ वैशाख) । श्री ५ पृथ्वीनारायण शाहका लालमोहर र धैबुङको अभिलेख । प्राचीन नेपाल (संख्या ३) पृ. २९–३० अखबार १. चेम्जोङ, डम्बर (२०६७, वैशाख २) लिम्बुवान नामको राजनीतिक पक्ष । कान्तिपुर, पृ. ७ अनुसन्धान श्रृंखला १. रेग्मी, महेशचन्द्र (सम्पा.) । (डिसेम्बर, १९७१) । नेपाल सिक्किम र इस्ट इन्डिया कम्पनी सन् १७९३ । रेग्मी रिसर्च सेरिज (वर्ष ३ अंक १२)। काठमाडौं ः रेग्मी रिसर्च सेन्टर । पृ.२७८–२७९
साराँश
LATEST UPDATES
सभार: फक्ताङ्लुङ्पोस्ट डट कम्
Comments