लिम्बुवान नागरिक समाज युकेको पाचौ महाधिबेशन आगष्ट २०२५ मा सम्पन्न हुने
- Chhatra Wanem
- Jan 6
- 1 min read
Updated: May 26

लन्डन आस्फोर्ड । जनवरी ४ तारिख साझ ७ बजे जुम मार्फत लिम्बुवान नागरिक समाज युकेको नियमित बैठक बसि महत्वपूर्ण निर्णयहरु गरेकोछ । सङ्स्थाका अध्यक्ष छत्र वनेमको अदक्षतामा सम्पन्न बैठक छलफलका क्रममा गत सम्पन्न चौथो महाधिबेशन, कोबिद १९ लगायत सङ्स्थाको बिबिध समश्याका कारण ६ महिना ढिला भए को थियो । पाचौ महाधिबेशन पनि यहि २५ जनवरिमा सम्पन्न गर्नु पर्ने थियो तर कार्यसमितिले गर्नु पर्ने महत्वपुर्ण कार्यहरु अझै अधुरो रहेका कारण यो पाचौ महाधिबेशन लाइ पनि पुनः गत चौथो अधिबेशन जस्तै अगस्टको अन्ततिर नै सम्पन्न गरिने निर्णय गरिएकोछ । सम्पन्न हुने मिति भने उपलब्धताको आधारमा तय भए पछि जानकारि गराइने भएकोछ । त्यसैगरि सङ्स्थाको नियमित रुपमा सन्चालन गर्ने उदेश्यले सुरुगरिएको काङसोरे अवार्ड, दोश्रो बितरण कार्यक्रम पनि यसै बर्षको जुन जुलाई भित्र नेपाल स्थित लिम्बुवान मा कार्यक्रम आयोजना गरि बितरण गरिने निर्णय भएको छ। यसका लागि नियमावलि बमोजिम छनौट समितिकालागि सदस्यहरुको समन्वय गरि छनौट समिति निस्चित गर्ने जिम्मेवारि उपाध्यक्ष बिजय लुम्भुङ्वाले गर्ने पनि निर्णय भएको छ। त्यसै गरि सङ्स्थाको बिबिध बिसयहरु समेटि प्रकासन गर्न लागेको सङ्स्थाको स्मारिका अधिबेशनमा बितरण गर्नका लागि तयारि पुरा गरिसकिनु पर्ने र यसका लागि लेख तथा सामग्रि हरुको सङ्कलनको जिम्मेवारि पुनः सचिब लाहाङ्चेम्जोङ्ले पुरा गर्ने निर्णय भयो। लिम्बुवान नागरिक समाज यूकेका तुम्याहाङहरु, पदाधिकारीहरु सदस्यहरु सल्लाहकारहरु उपस्थित रहेको उक्त झुम बैठकमा पहिचानका लागि नेपालमा भै रहेको आन्दोलनहरु कोशि खारेजदेखि पाथिभरा केवलकार खारेजि आन्दोलन लगायतमा सङ्स्थाले पुराएको सहयोग र भुमिकाहरु माथिपनि गम्भिररुपमा छलफल भएको थियो।
Comments