top of page

काङसोरे कोषका लागि लिम्बुवान नागरिक समाज युकेको च्यारिटी डिनर

  • Chhatra Wanem
  • Apr 30, 2023
  • 2 min read

ree

लन्डन । लिम्बुवान नागरिक समाज युकेको आयोजनामा काङ्सोरे अक्षय कोष निर्माणका लागि च्यारिटी डिनर सम्पन्न भएको छ ।

अप्रिल ३० का दिन आस्फोर्डस्थित सेन्ट फ्रान्सिस चर्च हलमा सो कार्यक्रम सम्पन्न भएको हो ।

आदिवाासी जनजाति महासङ्घ युकेका महासचिव बिमला सेनेको प्रमुख आतिथ्यमा सम्पन्न उक्त कार्यक्रममा युमा साम्यो महासभा युकेका अध्यक्ष दिल पालुङ्वा, सेवारो कलाकार संघ युकेका अध्यक्ष दुर्गा पाङ्मा, सगरमाथा गोर्खा नेपाली कम्युनिटी आश्फोर्डका निवर्तमान अध्यक्ष कप्रसाद छन्त्याल, महासंघका पूर्व अध्यक्ष सिरी लिम्बु, किरात याक्थुङ चुम्लुङ युकेका निवर्तमान उपाध्यक्ष गणेश इजम, किरात याक्थुङ चुम्लुङ आश्फोर्ड शाखाका अध्यक्ष सोदिप थोप्रा, नेपाली समाचार डटकमका सम्पादक विश्वासदीप तिगेला लगायत संस्थाका सल्लाहकारहरु तुम्याहाङ तथा बिभागीय प्रमुखहरु, लिम्बुवानी सम्पदा तथा साँस्कृतिक विभाग प्रमुखमा नरेन्द्र माबोहाङ, (जनसम्पर्क तथा कूटनीतिक विभाग प्रमुखमा दिल सम्बाहाङ्फे, पूर्व अध्यक्ष दिल सम्बाहाङ्फे, पूर्व कोषाध्यक्ष देव हुक्पा चोङ्बाङ, पूर्व सहकोषाध्यक्ष हरि नाल्बो, कार्यसमितिका पदाधिकारी तथा सदस्यहरु लगायत स्थानिय आस्फोर्डबासीहरुको बाक्लो उपस्थिति रहेको थियो ।

समाजका अध्यक्ष छत्र वनेमका अनुसार गत वर्ष नै निस्चित गरिएको कार्यक्रम भए पनि कोरोना महामारीका कारण युकेभरिको लकडाउनले गर्दा यो कार्यक्रम स्थगित गर्नु परेकोले यो तेश्रो च्यारिटी कार्यक्रम भने यस वर्ष मात्र गर्न सम्भव भएको बताउनुभयो ।

लिम्बुवान सम्बन्धी सकारात्मक जनचेतना, ऐतिहासिक पृष्ठभूमि संरक्षण सम्बर्धनको कार्य र लिम्बुवानको लागि आन्दोलनमा महत्वपूर्ण भूमिका निभाएका ब्यक्ति र ब्यक्तित्वलाई प्रोत्साहनस्वरुप पुरस्कार वितरण गर्ने उद्देश्यले स्थापना भएको काङ्सोरे पुरस्कारका लागि १० लाख राशीको अक्षय कोष रहेको छ् । जसको ब्याज मात्र वितरण गरिने छ । गत वर्षमात्र पहिलो पुरस्कार लिम्बुवानको लागि अविराम सङ्घर्षरत लिम्बुवानी नेता वीर नेम्बाङलाई प्रदान गरिसकिएको छ । सोही स्थापना हुँदै गरेको अक्षय कोषको अपुग रकमको लागि यो तेश्रो च्यारिटी कार्यक्रम गरिएको पनि अध्यक्ष वनेमले जानकारी दिनु भयो ।

सचिव लाहाङ चेम्जोङद्वारा सन्चालित कार्यक्रममा साउन्ड सिस्टम र के च्याब्रुङ कार्यक्रमको निमित्त उपलब्ध गराइदिनु हुने किरात याक्थुङ चुम्लुङ, आश्फोर्ड शाखा, हल सजावटका सामाग्री उपलब्ध गराइ दिनु हुने आश्फोर्ड वेडिङ्सका ब्यबस्थापक जितेन्द्र चेम्जोङ तथा परिवार, कार्यक्रमका लागि नगद सौजन्य प्रदान गर्ने लगायत कार्यक्रममा चाहिने पेय पदार्थ सौजन्य प्रदान गर्नु हुने कार्यसमितिका पदाधिकारी, तुम्याहाङहरु त्यसैगरी कार्यक्रमलाई मनोरन्जनात्मक बनाइदिनुहुने कलाकार भाइबहिनीहरु लगायत उपस्थित भई सहयोग पुर्याउने सबैमा लिम्बुवान नागरिक समाज युकेका अध्यक्ष तथा उक्त च्यारिटी कार्यक्रम संयोजक छत्र वनेमले धन्यवाद ब्यक्त गर्दै कार्यक्रम समापन गर्नु भएको थियो ।

ree

 
 
 

Comments


bottom of page