top of page

आन्दोलमा लिम्बुवान नागरिक समाज युकेको ऐक्यबद्दता

  • Chhatra Wanem
  • Jan 22, 2024
  • 1 min read

Updated: Feb 11, 2024



आसफोर्ड, केन्ट, ताप्लेजुङको मुकुम्लुङ स्थित सेमुक्तु मुक्तुफोमा युमामाङ (पाथिभरा) को थानलाई लक्षित गरी निर्माण गर्न लागिएको केबुलकारको विरुद्दमा हुदै आईरहेको आन्दोलनलाई समर्थन गर्दै लिम्बुवान नागरिक समाज युकेले एक विज्ञप्ति प्रकाशित गरेर ऐक्यबद्दता जाहेर गरेको छ ।

अध्यक्ष छत्र वनेम र सचिव लाहाङ चेम्जोङको संयुक्त हस्ताक्षरमा २२ तारिख सोम्बार प्रकाशित विज्ञप्तिमार्फत सो कुराको जानकारी गराएको हो । केबुलकार बन्नु विकास जस्तो देखिए पनि यो कदमले मुकुम्लुङको धार्मिक सत्व र वातावरणप्रति प्रतिकुल असर पार्ने विज्ञप्तिमा भनिएको छ । यो क्षेत्र याक्थुङ लिम्बुहरुको मुन्धुम अनुसार सर्वोच्च देवता युमामाङको मिथकसंग जोडिएको मुन्धुमी स्थल भएकोले यो क्षेत्रलाई प्राकृतिक अवस्थामा रहन दिनुपर्दछ, विज्ञप्तिमा उल्लेख छ ।

पहिचान र लिम्बुवानको पक्षमा निरन्तर राजनीतिक तथा बौद्दिक नेतृत्व गर्दै आईरहेको लिनास युकेले विज्ञप्तिमार्फत भनेको छ, यो क्षेत्रलाई युनेस्को विश्व सम्पदा सूचीमा सूचीकृत गर्न नेपाल सरकारले पहल गर्नुपर्दछ । तर, दलाल पॅुजीपतिहरुको प्रभावमा परेर रैथाने पहिचान, धर्म र संस्कृतिलाई ध्वंस गर्न सरकार उद्वत रहेकोले यो पवित्र मुन्धुमी स्थल र त्यहाको वातावरणलाई बचाउन लिम्बुवानी नागरिकहरुलाई आन्दोलित हुन आव्हान गरेको छ । साथै, यो पवित्र स्थललाई केबुलकार मुक्त बनाई मुन्धुमी स्थल, धार्मिक स्थल र प्राकृतिक अवस्थामै बचाई राख्न गरिने जस्तोसुकै आन्दोलनमा समर्थन र भौतिक सहयोग रहने घोषणा गर्दछौं, विज्ञप्तिमा भनिएको छ ।

 
 
 

留言


bottom of page